कटक बम
कालिकाेट । जिल्लाकाे पचालझरना गाउपालिकाकाे पालिका स्तरिय अर्ध बार्षिक समीक्षा गाेष्ठि सम्पन्न भएकाे छ । पचालझरना गाउपालिकामा रहेका विभिन्न शाखाहरुकाे बुधबार समीक्षा गाेष्ठि भएकाे हाे । पालिकामा रहेका विभिन्न शाखाहरुले हाल सम्म गरेका प्रगति तथा आगामी दिनमा संचालन गरिने क्रियाकलापहरुकाे बिषयमा बृहत् छलफल भएकाे राेजगार शाखा प्रमुख नमराज संन्ज्यालले जानकारी दिएका छन् । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिश्कर्माकाे अध्यक्षतामा भएकाे समीक्षा गाेष्ठिले पालिकाकाे बिकास निर्माण देखि संचालन गरिने विभिन्न क्रियाकलपाहरुकाे दिगाे टिकाउ र जनप्रतिनिधि संगकाे समन्वयात्मक भुमिका निर्वाह गरि पालिकाकाे बिकासमा सहजता ल्याउनु कर्मचारिहरुकाे देन रहने सहभागी शाखा प्रमुखहरुले बताएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत बिश्वकर्माले हरेक बिकास निर्माणका काम हाेस या अन्य भुक्तानी सम्बन्धिका कामहरु असार मसान्त कुर्नु नपर्ने वातावरण सृजना गर्नका लागि शाखा प्रमुखलाई निर्देशन दिएका छन । आर्थिक बर्ष २०७९/०८० काे अर्धबार्षिक समिक्षा तथा आगामी कार्य याेजना , साथै कर्मचारी र जनप्रतिनिधि बिच समिक्षात्मक अन्तरक्रिया कार्यक्रम पनि भएकाे हाे । प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर बिश्वकर्माकाे अध्यक्षतामा र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
प्रत्येक शाखाले गरेका कार्यक्रमहरूकाे भाैतिक तथा आर्थिक प्रगति प्रतिबेदन ,आगामी याेजना,निश्पक्षता,पारदर्शिता र असारे बिकासलाई अन्त्य गर्न र समयमै कार्यसम्पन्न गर्ने बिषयमा छलफल भई हरेक कर्मचारिले मुस्कान सहितकाे सेवा दिन जनस्तरमा खटेर उपलब्धि मुलक तरिकाले कामगर्ने प्रतिबद्धता सहित अन्तरक्रियात्मक तरिकाले कर्मचारीहरूकाे अर्धबार्षिक समिक्षा सम्पन्न भएकाे छ ।
पालिका स्तरिय अर्ध बार्षिक गाेष्ठी सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । १७ फाल्गुन २०७९, बुधबार १९:११