मुख्य मन्त्रि तथा मन्त्रि परिषदकाे कार्यलयका एक कर्मचारीले गरे अध्यक्ष माथि हात पात

नन्दकेश अधिकारी
सुर्खेत २०७९ फाल्गुन २०
विरेन्दनगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिनाेद सिह बिष्ट माथी हातपात भएको छ ।
विरेन्दनगर नगरपालिका वडा नम्बर ३ काे सरस्वती टाेलमा रहेको एक सडककाे कच्ची नाला खन्ने क्रममा विवाद उत्पन्न गरेर अध्यक्ष बिष्ट माथि हातपात भएको हाे ।
मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेश सुर्खेत मा कार्यरत उप सचिव बताउने नेत्र बहादुर कार्कीले हातपात गरेका हुन।
सडककाे मापदण्ड पूरा गर्ने र विवाद भएको ठाउमा विवाद मिलाउने उदेश्यले वडा अध्यक्ष बिनाेद सिह बिष्ट ,वडा सदस्य सरस्वती थापा लगायतका जनप्रतिनिधि काे टाेली फिल्ड नापजाँच
गर्न सडक निर्माण काे उद्घाटन गर्न पुगेका थिए ।

विवाद भएको ठाउमा मिलाउदै जाने क्रममा मुख्य मन्त्री तथा मन्त्री परिषदकाे कार्यालय कर्णाली प्रदेश सुर्खेतमा कार्यरत कार्की काे घर अगाडि पुग्दा कार्किले त काे हाेस भन्दै हातपात गरेको देखिन्छ ।
कार्कीले आफ्नो घरकाे गेट सडकमा पर्ने गरि निर्माण गरेकाे देखिन्छ । साे गेटले गर्दा बाटाेकाे मापदण्ड नपुग्ने भपछि ,अध्यक्ष बिष्ट लगायतका जनप्रतिनिधि र समुदायले याे गेट सार्नु पर्ने भने पछि कार्किले दादागीरी शैलीमा म दिन्न त काे हाेस भनेका थिए । अध्यक्ष बिष्ट ले विवाद नमिले सम्म यहाँ काम नगर्ने जवाफ दिए पछि कार्की ले हात हालेकाे देखिन्छ । विकास पनि चाहिने निकास पनि नदिने भए पछि विवाद चर्किए पछि अध्यक्षलाई हात हालेकाे स्थानीय बासि बताउछन ।
हिलाम्मे बस्तीका सडक निमार्ण गर्ने र जनताका समस्या समाधान गर्न अहाेरात खटिने जनप्रतिनिधि माथी हातपात भए पछि चर्काे बिराेध भएको छ ।
विवाद र हातपात का बाजजुद पनि आज उक्त स्थानकाे केही ठाउमा काम भएको छ ।

तपाईको प्रतिक्रिया