जिल्ला प्रहरी कार्यलय कालिकाेटमा अमर प्रहरी स्मारक उद्धाटन

कालिकाेट                                                                         जिल्ला प्रहरी कार्यलय कालिकाेटले अमर प्रहरी स्मारक उद्घाटन गरेकाेछ । कर्णाली प्रदेश प्रहरी प्रमुख भिम प्रसाद ढकालले एक कार्यक्रममा बिच बुधवार उद्धाटन गर्नु भएकाे हाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जाेरासिह माझि,  जिल्ला  प्रहरी कार्यलय प्रमुख जयसुर रिमाल, अनुसान्धन प्रमुख राम अचल शाह, पत्रकार महासघ जिल्ला अध्यक्ष भरतराज बिष्ट, पुर्वाधार बिकास कार्यलयका सब ईन्जिनियर ई चक्र प्रसाद धिताल, जिल्ला स्थित राजनितिक दल तथा प्रहरी हरुकाे उपस्थिति रहेकाे थियाे ।दन्दका क्रममा सहादत प्राप्त गर्ने अमर सहिदहरुकाे सम्झनामा स्मारक निर्माण गरिएकाे जनाईएकाे छ ।  पुर्वाधार बिकास कार्यलय कालिकाेटकाे ६ लाखकाे लागतमा प्राबिधिक तथा अार्थिक सहयाेगमा निर्माण गरिएकाे ईन्जिनियर धितालले साझा रैवारलाई जानकारी दिनु भएकाेछ ।

तपाईको प्रतिक्रिया