सराेकारवाला सग समन्वयात्मक बैठक मान्ममा सम्पन्न

कालिकाेट,                                                                       जिल्ला स्थित सराेकारवाला निकाय र बिकास साझेदार सस्थाहरु सग समन्वयात्मक बैठक जिल्ला समन्वय समितिकाे हलमा सम्पन्न भएकाेछ । गैर सहकारी सस्था महासघ नेपाल कालिकाेटकाे समन्वय जिल्ला समन्वय समिति कालिकोट को आयोजना र हुरेन्डेक भकारि परियोजनाको सहजिकरणमा शुक्रवार समन्वयात्मक कार्यक्रम संचालन गरिएकाे हाे । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी जोरासिह माझि, , जिल्ला प्रहरी कार्यलयका प्रमुख जयशाेर रिमाल, गुल्मपति ससस्त्र प्रहरी प्रमुख, र राष्टिय अनुसन्धान प्रमुख जिल्ला समन्वय समितिका सदस्य नेपाल पत्रकार महासघ कालिकाेटका अध्यक्ष भरतराज बिष्ट, गैसस महासघ नेपाल जिल्ला साखा कालिकोट का अध्यक्ष बिरेन्द्र बहादुर बुढाकाे उपस्थितिमा बैठक सम्पन्न भएकाे थियाे । मुलुकमा सघियता अाई सके पछि केही जन प्रतिनिधिहरुले गैससलाई बिस्ता पित गर्ने  खालका अभिब्यक्ति दिएकाले काम गर्ने खालकाे वातावरण अनुकुल नभएकाे र बिस्तारै जन प्रतिनिनिहरुले गैससकाे महत्वलाई बुझिसके पछि हाल स्थानिय तह सग काम गर्न सहज रहेकाे गैससका अध्यक्ष बुढाले बताउनु भयाे । त्यस्तै बैठकमा बाेल्दै जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले जिल्लामा गैससकाे भुमिका महत्वपुर्ण रहेकाले स्थानिय तहकाे नमुना बिकासका लागि स्थानिय सरकार र गैसस मिलेर जानू पर्ने, साथै अर्धबार्षिक रुपमा संस्थाले साझेदार सग समिक्षा गरेर जानू पर्ने बताउनु भयाे । गैसस सग समन्वय नभई स्थानिय तहमा बिकास गर्ने खालकाे वातावरण सृजना नहुने भएकाले सबैले अा आफ्नाे तर्फबाट सहयाेग गर्न प्रमुख जिल्ला अधिकारी माझिले आग्रह समेत गर्नु भयाे । बैठकमा सरकारी तथा गैह्र सरकारी संस्थाहरुकाे उपस्थिति रहेकाे बताईएकाे छ ।

तपाईको प्रतिक्रिया