कालिकाेट, वडा बालअधिकार समितिका पदाधिकारीहरुका लागि बालबालिका क्षेत्रमा श्रोत संकलन तथा परिचालन सम्बन्धि ३ दिने क्षमता अभिबृिदि तालिम शुभकालिका गाउपालिका वडा नं. ७ र ८ मा बिहबार सुरु भयकाे छ ।
सेभ द चिल्ड्रेन आर्थिक सहयाेग किर्डाक नेपालकाे सहजिकरणमा सचालित तालिममा सभापति वडा बाल अधिकार समिति का सयाेजक हरि प्रसाद जैसि प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य अप्सरा कुमाल गाउकार्पालिका सदस्य पपेन्द बिक रहनु भएकाे थियाे । तालिम काे सहजिकरण किर्डाक नेपाल कालिकाेटका परियाेजना सयाेजक प्रकाश शाहि सामाजिक परिचालक अधिकृत जगनाथ धिताल , चेत फडेराले प्रशिक्षण गर्नु भएकाे हाे ।• बालअधिकार र बालबालिका सम्वन्धि बनेका स्थानिय तथा राष्ट्रिय कानुनी प्रावधानको जानकारी गरि बालबालिकामा लगानीको महत्वको वारेमा जानकारी गर्ने । बालबालिका क्षेत्रमा क्रियाशिल स्थानिय सेवा प्रदायकको पहिचान गरि श्रोतको खोजी गरि परिचालन सम्वन्धि सिप हस्तान्तरण गर्ने ,घटना ब्यवस्थापनको प्रक्रिया र वडा बालअधिकार समितिको काम कर्तब्य र अधिकारका वारेमा बुझाईमा एकरुपता ल्याउन, बालहित कोष, बालअधिकार समिति, बालक्लव, केश वर्कर, जोखीममा रहेका बालबालिकाको नियमित सहयोग प्रणालीको दिगोपनाका लागि प्रत्येक वडाको दिगोपना योजना निर्माण गर्ने उदेश्यले तालिम संचालन गरिएकाे परियाेजना सयाेजक शाहीले सााझा रैवारलाई जानकारी दिनु भएकाे छ ।
वडा बालअधिकार समितिका पदाधिकारीहरुलाई ३ दिने तालिम शुभकालिकामा संचालन
तपाईको प्रतिक्रिया

साझा रैबार । १९ माघ २०७९, बिहीबार १९:२०