कालिकाेट एक घर, एक उत्पादन हाम्रो चाहाना”- सुखि जनता, समृद्द पालिका हाम्रो कामना”भन्ने मुल नाराका साथ सान्नी त्रिवेणी गाउँपालिकाको ११ औँ गाउँसभा हिउँदे अधिबेशन उदघाटन गरिएकाेछ ।
अधिबेशनमा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाही प्रवक्ता अजय बहादुर बम सम्पुर्ण वडा अध्यक्ष कार्यपालिका सदस्य, विभिन्न शाखा का प्रमुख एवंम कर्मचारि,पत्रकार, सुरक्षाकर्मि लगायएतकाे उपस्थिति रहेकाे थियाे । साथै हाल सम्मका कार्यपालिका बैठकले पास गरेका कार्यबिधीहरु मध्ये महत्त्वपूर्ण ऎनहरु पारित भएका छन ।लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण निति २०७९,नगर प्रहरी संचालन तथा ब्यवस्थापन ऎन २०७९,सार्वजनिक खरिद नियमावली ऎन २०७९,मेलमिलाप केन्द्र संचालन सम्बन्धि ऎन २०७९,
उपाध्यक्ष सग महिला बिकास कार्यक्रम संचालन निर्देशिका २०७९ सहित अन्य महत्त्वपूर्ण २२ वटा नीति तथा ऎन पारित भएको उपाध्यक्ष पार्वति सिह सज्यालले जानकारी दिनु भयाे ।
शान्नि त्रिबेणीकाे ११ अाै गाउसभा सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । २२ माघ २०७९, आईतवार ०७:५९