चिउचि मेला आगाे लागि स्थानियले नियन्त्रण

माघ १८                                                                         पचालझरना गाउपालिका वडा न ७ नानिकाेट स्थित चिउचिमेलामा गए राति भिषण आगाेलागि भएकाे छ । क्याफ्स कर्णाली परियाेजना र पचालझरना गाउपालिकाकाे सयुक्त लगानिमा उक्त वनमा बकाईनाे, बाज लाैठाे,धुपि र सल्लाका बिरुवाहरु राेपेकाछन । साथै प्रधान मन्त्रि राेजगार कार्यक्रमले घेरवारका लागि प्रखाल समेत लगाएकाेछ । गए राति ९:३० बजे वनमा आगाे देखिएकाे थियाे, त्यस लगतै गाउका स्थानियहरु वनमा पुगि राति १२ बजे नियन्त्रणमा ल्याईएकाे नव जाेति सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष अर्जुन ऐडिले बताउनु भयाे । आगाे नियन्त्रणमा खटिने अर्जुन ऐडि,जामिरा ऐडि,रमेश ऐडि,निशा बम,सुवेर बम,सर्मिला बम,कटक ब बम,टपेन्द्र ऐडि,साेबिना ऐडी,केस ब बम,लछु ऐडि,नहकुल ऐडि,राउरुपा ऐडि ,काेपिला बम मिठु ऐडि सबैलाई अध्यक्ष ऐडिले धन्यबाद समते दिनु भएकाेछ । रातिकाे समय सुनसान भएकाे अबस्थामा भिषण अागाे नियन्त्रमा ल्याउनु धेरै ठुलाे उपलब्धि हाे । क्याफ्स कर्णाली परियाेजना बाट प्राप्त गरिएका केही थान अागाे नियन्त्रण समान र स्थानिय स्याउलाहरु प्रयाेेग गरि आगाे नियन्त्रणमा ल्याईएकाे हाे ।

तपाईको प्रतिक्रिया