माघ १७,कालिकोट । दैलेखमा गाडि दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतबाट कालिकोट तर्फ जाँदै कर्णाली प्रदेश ०२०००१ ख ०१६६ नम्बरको गाडी पाल्तडामा दुर्घटना भएको हो ।
गाडीमा चालकसहित १५ जना सवार रहेको र ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए । उनका अनुसार दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको र पालेतडास्थिती शाही मेडीकल हलमा उपचार भइरहेको छ ।

साझा रैबार । १७ माघ २०७९, मंगलवार १८:४१