कालिकाेट माघ १३ महावै गाउपालिका कतमपुरकि २१ बर्षिय बर्षा शाहीले अाधारभुत अस्पताल अाेदामा पहिलाे सन्तानकाे रुपमा बच्चा जन्माएकि थिईन ।
बच्चा जन्माएकाे केही समय पछि शाहीलाई उच्च रक्तश्रव भए पछि राष्टपति सुत्केरी उद्दार कार्यक्रम मार्फत हेलिकप्टर बाट सुर्खेत रेफर गरिएकाे छ । महाबै गाउपालिकाका अध्यक्ष खेम बहादुर सिहकाे पहलमा सुत्केरिकाे उद्दार गरिएकाे थियाे । समयमानै स्थानिय सरकारलाई खबर प्राप्त भए सुत्केरि हुन नसकेर उच्च रक्त श्रव भएर अकालमा ज्यान जाने अबस्था कसैकाे नआउने अध्यक्ष सिहले बताउनु भयाे । थप सुत्केरिकाे उपचार लागि स्वास्थ्थ बिमा समेतबाट गरिने अध्यक्ष सिहले बताउनु भयाे ।
उच्च रक्तश्रव हुदा सुत्केरीलाई राष्टपति उद्दार कार्यक्रम मार्फत सुर्खेत रेफर
तपाईको प्रतिक्रिया

साझा रैबार । १३ माघ २०७९, शुक्रबार १६:३१