नेपाल प्रहरीलाई क्षमता अभिबृद्दिका लागि तालिम संचालन

कालिकाेट ,                                                                नेपाल प्रहरीमा कार्यरत अधिकृत तथा जवानहरुलाई क्षमता अभिबृद्धि सम्वन्धि तालिम शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट र माताहतका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तथा अधिकृतहरु तालिममा सहभागि छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामहरी सर्माको प्रमुख आथित्यतामा तालिम उद्घाटन गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग ,जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजना तथा किर्डाक नेपाल कालिकोटको सहजिकरणमा कार्यक्रम सचालन गरिएकाे हाे ।
सेभ द चिल्ड्रेनका बाल संरक्षण अधिकृत बाले विश्वकर्माले तालिमको उदेश्य माथि प्रकाश पार्दै बालवालिका सम्वन्धि बनेका राष्ट्रिय तथा अन्तराष्टिय प्रावधानहरुकाे बारेमा जानकारी गराई सोको कार्यान्वयनमा प्रहरीको भुमिका विषयमा छलफल गर्ने बताएका छन् । कालिकोट जिल्लामा बालविवाह र बालवालिका माथि हुने हिंसाको बर्तमान अवस्था र प्रहरीको भुमिका विषयमा छलफल गर्ने , बालवालिका विरुद्ध हुने हिंसा र बालविवाह न्युनिकरणमा जिल्लाब्यापी अभियान संचालनका लागि बार्षिक कार्ययोजना निर्माण गर्ने पनी विश्वकर्माले बताएका छन् । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा रहेका प्रहरी कार्यालय मातहातका प्रहरी चौकीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई बालवालिका सम्वन्धि एेन २०७५ का ब्यवस्था र कार्यान्वयनमा प्रहरीको भुमिका,बालवालिका विरुद्धका कसुर र सजायको व्यवस्थाका बारेमा जानकारी गराउने प्रहरी नायव उपरिक्षक जयश्वर रिमाले बताए । प्रमुख जिल्ला अधिकारी रामहरी सर्माले बालवालिकाको क्षेत्र अतिसंवेदनशिल रहेकाले महिला,बालवालिका,जेष्ठ नागरिक सेवा केन्द्र र बाल निगरानी कक्षमा काम,कर्तव्य र अधिकार नभुलेर काम गर्नु अनुरोध गरेका छन् । यो तालिम महत्वपुर्ण रहेकाले तालिममा नतमस्तक भएर सिक्नु पर्ने बताएका छन् । कार्यक्रममा सरकारी वकिल कार्यालयका सिताराम राउत,जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमाल,प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा लागएतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया