पचालझरनामा संचालित याेजनाहरुकाे अनुगमन गर्दै उपाध्यक्ष बम

कालीकाेट माघ ९                                                               पचालझरना गाउपालिका वडा न ८,७ र ६ मा सचालित आर्थिक बर्ष २०७९/०८० मा सम्पन्न गरीने याेजनाहरुकाे उपाध्यक्ष  अल्किना बम पचालझरना गाउपालिकाका याेजना शाखा प्रमुख कमल बहादुर बम र पालिकाका कर्मचारीहरुले सयुक्तरुपमा अनुगमन गर्नुभएकाेछ । संचालित याेजनाहरु दिर्घकालिन तथा गुणस्तरीय बनाउन उपभाेक्ताहरुलाइ उपाध्यक्ष बमले निर्देशन समेत दिनु भएकाे बताईएकाे छ । पचालझरना गाउपालिका वडा न ७ मा सचालित रडिखेल्ला देखि सिमुमस्टा सम्म निर्माणधिन अारसिसि बाटाे वडा नम्बर ८ काे थामेढुङ्गा प्राबिकाे पक्कि भवन वडा न ६काे जनप्रिय माबि बाेलुगाउकाे निर्माणाधिन भवनकाे अनुगमन गरिएकाे साझा रैवारलाइ शाखा प्रमुख बमले बताउनु भएकाेछ ।

तपाईको प्रतिक्रिया