पचालझरना ७ मा सीप मुलक तालिम उद्घाटन

कालिकाेट माघ ८                                                              ” सीप सिकाै आत्म निर्भर बनाै ” भन्ने मुल नाराका साथ पचालझरना गाउपालिका ७ मा ब्यबसायिक सचेतना तालिम सचालन गरिएकाे छ,
नेपाल सरकार उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयकाे आर्थिक सहयोग पचालझरना गाउँपालिका उद्योग विकास शाखाकाे आयाेजना सञ्चालीत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) दुारा सञ्चालीत ८ दिने व्यसाय सचेतना तथा ,लैगिक समानता तथा समाावेशिकरण सम्बन्धित तालिमकाे  आईतबार   पचालझरना गाउँपालिका वडा नं . ७ का अध्यक्ष कल बहादुर ऐडी काे प्रमुख अतिथि र पचालझरना गाउँपालिका उद्योग विकास शाखाका प्रतिनिधि नेत्रराज बम र बलिराज सेजुवालले यस कार्यक्रमकाे सहजिकरण गर्नु भएको बताईएकाेछ । तालिममा  ४२जना सहभागी  भएकाे र तालिम ८ दिनसम्म सच्चालन हुने आयाेजक सस्थाले साझा रैवारलाई जानकारी दिएकाेछ ।

तपाईको प्रतिक्रिया