पचालझरनामा स्वास्थ्थ शिविर सम्पन्न

कालिकाेट पुष २८                                                    पाठेघरकाे मुखकाे क्यान्सर तथा सेताे पानी बग्ने ढाड दुख्ने पिसाब पाेल्ने समस्या सम्बन्धि १ दिने अभिमुखिकरण तथा शिविर पचालझरनाकाे जारकाेटमा सम्पन्न भएकाे छ । पचालझरना गाउपालिका स्वास्थ्थ शाखाकाे आयाेजना ,आर्थिक सहयाेग पचालझरना गाउपालिका रहेकाे थियाे,भने प्राबिधिक सहयाेग जिल्ला स्वास्थ सेवा कार्यलय कालिकाेटले गरेकाे थियाे । पचालझरना गाउपालिकामा रहेका महिलाहरुकाे पाठेघर खसेका तथा पाठेघरकाे मुखकाे क्यान्सर सम्बन्धि  सम्भावित पहिचान भएका तथा आङ खस्ने सम्बन्धि समस्याकाे पहिचान  गरि जटिल खालका बिरामिहरुलाई जिल्ला अस्पतालमा कालिकाेटमा रेफर गरिने पचालझरना स्वास्थ्थ शाखाका प्रमुख बिरेन्द्र सज्यालले जानकारी दिनु भयाे । ६० जना महिलालाहरुले शिविरमा सेवा लिएकाे छन, भने दुईजना महिलाहरुलाई पाठेघरकाे क्यान्सकाे सम्भावना देखिएकाले जिल्ला अस्पताल कालिकाेटमा थप उपचारका लागि पठाईएकाे जिल्ला अस्पताल कालिकाेटका सिअनमि निरिक्षक मेनका सज्यालले साझा रैवारलाई जानकारी दिनु भएकाेछ ।

तपाईको प्रतिक्रिया