साैर्य उर्जा जडित पणेक्षा सामुदायिक केन्द्रकाे उद्घाटन कार्य सम्पन्न

कालिकाेट पुष २६                                                 पचालझरना गाउपालिकाकाे पालिका रहेकाे केन्द्रमा सामुदायिक साेलार जडित भवन निर्माण गरिएकाे छ । अनुकुलन काेषकाे अार्थिक सहयाेग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र सयुक्त राष्ट सघिय विश्व खाध्य कार्यक्रमकाे कार्यन्वयन र हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारिमा सचालित क्याफ्स कर्णाली परियाेजना अन्तगत निर्माण गरिएकाे हाे । कार्यक्रमकाे अध्यक्षता सामुदायिक सेवा केन्द्र महिला कृर्षक समुहका अध्यक्ष तारा सेजुवाल, प्रमुख अतिथि पचालझरना गाउपालिका अध्यक्ष देवराज शाही रहनु भएकाे थियाे । कार्यक्रममा विश्व खाध्यकार्यक्रमबाट कृष्ण जाेगी, पचालझरना गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिक, हुरेन्डेक नेपाल कालिकाेटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढा लगायतकाे उपस्थित रहेकाे थियाे ।  एक कराेड उन्तिस लाख चार  हजारकाे लागतमा निमार्ण गरिएकाे भवनमा ४ वटा काेठा ट्वाईलेट बाथ राेमका साथै सभा हलकाे समेत ब्यबस्था गरिएकाे क्याफ्स कर्णाली परियाेजनाका ईन्जिनियर हरि सत्यालले जानकारि दिनु भयाे । उक्त भवनकाे विश्व खाध्य कार्यक्रमका प्रतिनिधि कृष्ण जाेगी, पचालझरना गाउपालिकाका अध्यक्ष  देवराज शाही र प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिकले सयुक्त रुपमा रेबन काटेर भवनकाे उद्धघाटन गर्नु भएकाे छ ।  गरिबिकाे रेखामुनि रहेका अशक्त एकल महिलाहरुले यस भवनकाे ब्यबस्थापन तथा रेख देख गर्ने गर्नेछन । अार्थिक अबस्था कम रहेका महिलाहरुलाई अार्थिककाे पाैजमा ल्याउने उदेश्यका साथ भवन निर्माण गरिएकाे हाे । पालिकामा बिभिन्न किसिमका तालिम कार्यक्रम सचालन गर्न समस्या भईरहेकाे थियाे,भवन बने पछि समस्याकाे अन्त्य हुने पालिका अध्यक्ष देबराज शाहिले वताउनु भयाे । एकल महिलाहरुले काेशेलि घर स्थापना चमेना गृह, स्टेशनरि, कम्प्युटर सम्बन्धि व्यापार ब्यबसाय सचालन गरि काेष सचालन गर्न थप सहयाेग पुग्नेछ । मगलबार पचालझरना गाउपालिका वडान ८ स्थित बयालझरना देखि भिट्टा सम्मकाे क्याफ्स कर्णाली परियाेजनाबाट निर्माण गरिएकाे सिचाईकुलाेकाे पनि अनुगमन गरिएकाेछ । पुरानाे कुलाे हुदा खेतमा पानी कम पुग्थ्याे कम उत्पादन हुन्थ्याे, हाल आर सिसि कुलाे निर्माण गरेपछि सहजै खेतमा पानी पुग्छ भिट्टाका अधिकास किसानहरुले तरकारी खेति गरी बार्षिक राम्राे अाम्दानि गरिरहेकाे स्थानिय पुर्णबहादुर शाहीले बताउनु भयाे। साेही दिन पचालझरनाकाे भैसिशेनमा क्याफस कर्णाली परियाेजनाले निर्माण गरेकाे बिउबिजन केन्द्रकाे पनि उद्धाटन गरिएकाे छ ।

तपाईको प्रतिक्रिया