कालिकोट _मसिर १९
कालिकोट जिल्ला अस्पताल मातहतको पहिलेको कोभिड–१९ अस्पताल,अहिलेको सरुवारोग अस्पतालमा कोभिडको समयमा काम गरेका स्वास्थ्यकर्मीले पनि चार महिनाको तलब हाल सम्म पाएका छैनन ।
तलव भत्ता नपाउँदा दसैं,तिहार पनि खल्लो भएको उनीहरूको पिरलो छ। साउन ,भार्द, असाेज , र कार्तिक गरि ४ महिनाकाे तलब नपाएको उनीहरू बताउँछन् कोभिड अस्पतालमा काग गरेका स्वास्थ्यकर्मी अशोक शाही,मनिसा शाही,लिलराज शाही र कार्यालय सहयोगि अर्जुन पाण्डेले चारमहिना देखिको तलब नपाएको गुनासाे
गरेका छन्।
‘पटकपटक तलवभत्ता माग्न जादा दिएनन्। कामगर्दै आएका एकजना साथी अहिले विदेश गएका छन्। तर उनले पनि चार महिनाको पारिश्रमिक पाएका छैनन्। अशोक शाहीले भने ‘अहिले केसव नेपाली र बिनोद नेपालीले फेरि जिल्ला अस्पतालमा कामसुरु गरेको कारण आवज उठाएका छैनन्। उनले भने।
यो विषय कोभिड महामारिमा काम गरेका स्वास्थ्यकर्मीहरुको हो। ‘कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले नपठाएपछि उनिहरुले तलब भत्ता हामिले कसरी दिने ? कार्यालय प्रमुख रत्नविर सुनारले भने।
‘आफुहरुले पटकपटक मन्त्रालयमा बजेट मागगर्दा मन्त्रालयका सचिवले सबै कुरा कालिकोटलाई किन भनेर ? प्रश्न गरेको सुनाए। उनले भने ‘उनले अस्पतालले साउन देखि असोज सम्मको तलब भत्ता दिन नसकेको बताएका छन्। तर आफुले कोभिडको मारमा काम गरेका कर्मचारिलाई अनिवार्य रुपमा दिनुपर्ने बताउदै आफुले पटक,पटक मन्त्रालयमा चिठ्ठि पठाएको बताए। सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउदाँ यस्तो समस्या भएको उनको भनाई छ।
मन्त्रालयले बजेट नपठाउदा अन्यवल
कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले दुर्गमका अस्पतालको बजेट नपठाउदा तलवभत्ता राकिएको छ। २०७७ को कोभिड १९ महामारिमा डटेर काम गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको बताएका छन्। जिल्ला अस्पताल कालिकोटले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले बजेट नपठाउँदा समस्या भएको बताएको छ।
जिल्ला अस्पताल कालिकोटका करारका कर्मचारीहरूको समस्या झन् जटिल बने भएको छ । तत्कालीन मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरेको कोभिड १९ अस्पतालमा करारमा काम गरेका मध्ये २४ जना करारका कर्मचारीहरूको तलव नपाएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।
करारमा भर्ना गरिएका अहेव,अनमिन,स्वास्थयर्कर्मी तथा कार्यालय सहयोगीहरूले कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयबाट बजेट नआउँदा तलबभत्ता नगाएका हुन्। कार्यालयका पुराना कर्मचारी हटाएसंगै उनीहरूले कहाँ तलव खाने भन्ने समेत थाहा छैन।
दशै तिहार आउदा पनि कर्मचारीको तलब समेत नपाउएको उनहिरुले बताएका छन्। आफुहरुले तलबभत्ता दिँदा आर्थिक कार्यविधि अनुसार लेखाले प्रक्रिया नपुर्याई खर्च पनि नदिने भएकाले वैकल्पिक व्यवस्थाहरू गर्न नसकिएको अस्पतालले स्रोतले जनाएको छ।

साझा रैबार । १९ मंसिर २०७९, सोमबार १६:२६