कालिकाेट १३ मसिर २०७९ मसिर ४ गतेकाे चुनाबकाे मत परिणम आए सगै जितेका उम्वेेदार मतदातालाई धन्यबाद दिन गाउँ पसेका छन । कालिकाेट जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा जित्नु भएका महेन्द्र बहादुर शाहीले मतदातालाई धन्यबाद दिन सबै स्थानिय तहमा जाने कार्ययाेजना तय गर्नु भएकाेछ । मगलबार पचालझरना गाउपालिकामा मतदातालाई धन्यबाद दिन कार्यक्रमकाे अायाेजना गरिएकाे पाटी श्राेतले जनाएकाेछ । कार्यक्रमकाे सिलसिलामा गृह पालिका पुग्नु भएका शाहीले भुरावगर स्थित सहिद पार्कमा पुगेर शहिदहरुकाे शालिकमा फुलमाला अबिर लगाएर शहिदहरुलाई सम्झिनु भएकाे थियाे । शहिदका सपनाहरु साकार पार्नका लागि सधै लागि पर्ने शाहीले बताउनु भयाे ।
प्रतिनिधि सभा सदस्यमा बिजय भईसके पछि महेन्द्र बहादुर शाही गृह पालिकामा
तपाईको प्रतिक्रिया
साझा रैबार । १३ मंसिर २०७९, मंगलवार ११:२३