मतदातालाई धन्यबाद दिदै पुर्ब मुख्य मन्त्री शाही

कालिकाेट मसिर १३                                                         पुर्व कर्णाली प्रदेशका मुख्य मन्त्री एवम प्रतिनिधि शभा सदस्य महेन्द्र बहादुर शाही मतदातालाई धन्यबाद दिन गाउँ पस्नु भएकाे छ ।    २०७० सालको दोस्रो संविधानसभादेखि निरन्तर चुनाव जित्दै आउनु भएका शाही यसपटक पनि प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी हुनभएकाे हाे  ।

अभियानको सुरुवातमा उहाले आफूले निर्वाचनमा गरेका वाचाहरु पूरा गर्ने प्रतिबद्धतासहित मतदातालाई धन्यवाद दिने अभियान थालेको बताउनु भयाे ।

शाहीले मुम्रादेखि रास्कोट, पचालझरना, पलाँता हुँदै जिल्लाका ९ वटै पालिकामा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मी चा‌लागाईं शैलेन्द्रले बताउनु भयाे । मगलबार पचालझरना र पलातामा कार्यक्रम सकेकाे प्रदेश कमिटी सदस्य खड्गराज सेजुवालले जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया