कालिकाेट कार्तिक २८ भिर बाट ढुङ्गा खस्दा पलाता गाउपालिका ६ की ५ बर्षिय कबिता बुढा गम्बिर घाईते भयकी छन । घर जनिकैकाे बाटाेमा खेल्ने क्रममा माथिबाट ढुङ्गा खस्दा बालिकाकाे टाउकाेमा गम्भीर चाेट लागेकाे बताईएकाे छ ।
बालिकालाई उपचारका लागि नेपाल गन्ज पुर्याउदा डाक्टरहरुले टाउकाेकाे अप्रेसन गर्नु पर्ने बताएका छन ।आर्थिक अभाबका कारण बालिकाकाे उपचार हुन सकिरहेकाे छैन । उपचारमा लाग्ने केही खर्च भेरि अस्पतालका चिकिस्तकले बेहाेर्ने जनाएका छन ।उपचारका लागि थप रकम अपुग हुने भएकाले बालिकाका आफन्त निर्मल कुमार बुढाले सहयाेगका लागि फेसबुक मार्फत अपिल गर्नु भएकाे छ । बाढी पहिराेका कारण समस्या उत्पन्न भएकाे स्थानिय बताउछन । पहिराे आउदा अड्किएका ढुङ्गाहरु कहाँ कति बेला झर्छन थाहै हुदैन अझै समस्या अाउन सक्ने स्थानिय नरेन्द्र बुढा बताउछन ।
भिर बाट ढुङ्गा खस्दा पाच बर्षिय बालिका गम्बिर घाईते
तपाईको प्रतिक्रिया

साझा रैबार । २९ कार्तिक २०७९, मंगलवार १३:५२