कालिकोट । भकारी परियोजनाले २ वर्ष यता के कस्ता काम गरेको छ ? भन्ने विषयमा मान्ममा समिक्षा बैठक शुरु भएको छ । कालिकोट जिल्लाका ५ वटा स्थानीय तहमा भकारी परियोजनाले विभिन्न क्षेत्रमा काम गदै आएको छ ।
आपतकालिन राहत, विपद जोखिम न्युनिकरण,कृषि क्षेत्र, उत्पादन मुलक खानेपानीको क्षेत्र, प्राकृतिक श्रोत व्यवस्थापनको क्षेत्र, लैंगिक समानता तथा सामाजिक समावेशिकरणका क्षेत्रमा २ वर्ष यता काम गदै आएको छ । जिल्लामा अन्य गैरसरकारी संस्थाले विगत देखि वालविवाह लगाएत विभिन्न परम्परागत हानिकारक अभ्यास न्युनिकरणका क्षेत्रमा काम गदै आएपनी भकारी परियोजनाले विभिन्न क्षेत्र समेट्दै स्थानीय तहसंग सहकार्य गरेर विकास निर्माणका कामदेखि नागरिकहरुका समस्याहरुको समाधानका क्षेत्रमा काम गदै आएको छ ।
शुक्रवार शुरु भएको समिक्षा बैठकमा नागरिकहरुको माग अनुसार विभिन्न कामहरु संचालन गर्नुपर्ने सहभागी कर्मचारीहरुले बताएका छन् । २ वर्षमा गरेका कामको समिक्षा गदै आगामी वर्षमा के कस्ता काम गर्ने भन्ने विषयमा समिक्षा भएको हो । USAID मर्सिकोरको आर्थिक सहयोग,मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा संचालित भकारी परियोजनाले उत्पादनमुखी काममा बढि जोड दिएको मर्सिकोर नेपाल भकारी परियोजनाका जिल्ला संयोजक शुक्रराज पौडेलले बताएका छन् ।
स्थानीय तहसंगको सहकार्य पनी राम्रै रहेकाले परियोजनाले उपलव्धीमुलक काम गदै आएको उनको भनाई छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाको अध्यक्षतामा समिक्षा बैठक भएको हो ।
कालिकोटका खाँडाचक्र नगरपालिका,तिलागुफा नगरपालिका,शुभकालिका गाउँपालिका,नरहरीनाथ गाउँपालिका र महावै गाउँपालिकामा भकारी परियोजनाले काम गदै आएको छ । कार्यक्रममा भकारी परियोजनाका लेखा अधिकृत दिपेन्द्र बढुवाल, लगाएत अन्य कर्मचारी तथा हुरेन्डेक नेपाल कालिकोटका बोर्ड सदस्यहरुको उपस्थित रहेको थियो ।

साझा रैबार । २२ कार्तिक २०७९, मंगलवार ०९:१७