जुम्लामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सुरुवाती अग्रता कायम गरेका छन्। ६०० मतगणना गर्दा उनले ३८० मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले १३५ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका रतननाथ योगीले ३१ मत प्राप्त गरेका छन्। नेमकिपाका डिल्लीप्रसाद काफ्लेले १८ मत प्राप्त गरेका छन्।

साझा रैबार । ५ मंसिर २०७९, सोमबार १८:३७