अछाम १ असोज।
अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए ।उनका अनुसार पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको रिजालले बताए ।उनकाअनुसार तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा दुई वनाकाे सव फेला परेको थियो भने सात जना अझै बेपत्ता रहेको एकीकृत समाजवादी निकट बिधार्थी संगठन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष एवम् अछामका स्थानीय हिरेन्द्र शाहीले जानकारी गराउनुभयो । उद्धार र राहतका कार्य तत्काल भन्दा तत्काल अघि बढाउन उहाँको आग्रह छ
साझा रैबार । १ आश्विन २०७९, शनिबार १४:५०