कालिकाेट भदाै २३ फाेटाे पत्रकार महासंघ कालिकोट काे अध्यक्षमा पत्रकार लिलाराज संज्याल सर्वसहमत निर्वाचित भएका छन् । शुक्रबार जिल्ला सदरमुकाम मान्ममा पत्रकारहरूकाे सहभागीतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सहित अध्यक्षमा संज्याल चयन गरिएको हुन् ।
नेपाल पत्रकार महासंघ कालिकोट शाखाका अध्यक्ष भरतराज विष्टकाे अध्यक्षतामा गठित समितिमा उपाध्यक्ष पुर्णसिंह बम, सचिवमा कमल काेपिला , सहसचिवमा खगेन्द्र न्याैपाने, लगायत गरि ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ । साथै याे कार्यसमितिले ३ जना सल्लाहकार समेत गठन गरेकाे हाे ।

साझा रैबार । २४ भाद्र २०७९, शुक्रबार २०:०४