हुरेन्डेकले बनायाे सामुदायिक साेलार जडित भवन

पचालझरना गाउपालिकाकाे पालिका रहेकाे केन्द्रमा सामुदायिक साेलार जडित भवन निर्माण गरिएकाे छ । अनुकुलन काेषकाे अार्थिक सहयाेग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र सयुक्त राष्ट सघिय विश्व खाध्य कार्यक्रमकाे कार्यन्वयन र हुरेन्डेक नेपाल कालिकाेटकाे साझेदारिमा सचालित क्याफ्स कर्णाली परियाेजना अन्तगत निर्माण गरिएकाे हाे । एक कराेड उनान्तिस लाख पचास हजारकाे लागतमा निमार्ण गरिएकाे भवनमा ४ वटा काेठा ट्वाईलेट बाथ राेमका साथै सभा हलकाे समेत ब्यबस्था गरिएकाे क्याफ्स कर्णाली परियाेजनाका ईन्जिनियर हरि सत्यालले जानकारि दिनु भयाे । निर्माण कार्य सम्पन्न भै सकेकाे छ, केहिदिनमा हस्तान्तरण गरिने तयारि समेत रहेकाे बताउनु भयाे । गरिबिकाे रेखामुनि रहेका अशक्त एकल महिलाहरुले यस भवनकाे ब्यबस्थापन तथा रेख देख गर्ने बताईएकाे छ । अार्थिक अबस्था कम रहेका महिलाहरुलाई अार्थिककाे पाैजमा ल्याउने उदेश्यका साथ भवन निर्माण गरिएकाे हाे । पालिकामा बिभिन्न किसिमका तालिम कार्यक्रम सचालन गर्न समस्या भईरहेकाे थियाे,भवन बने पछि समस्याकाे अन्त्य हुने पालिका अध्यक्ष देबराज शाहिले वताउनु भयाे ।पालिकामा ब्यबस्थित र नमुना भवन निर्माण गरिदिएकाेका धन्यबाद दिदै अागामि दिनमा पनि यस्ता क्रियाकलापहरुमा पालिकाकाे तर्फबाट हुरेन्डेक नेपाल कालिकाेटलाई सधै साथ दिने उपाध्यक्ष अल्किना बमले बताउनु भयाे । एकल महिलाहरुले काेशेलि घर स्थापना चमेना गृह, स्टेशनरि, कम्प्युटर सम्बन्धि व्यापार ब्यबसाय सचालन गरि काेष सचालन गर्न सक्ने परियाेजना सयाेजक नरेन्द्र बहादुर शाहिले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया