कालिकाेट,१७ राष्काेट नगरपालिका र पचालझरना गाउपालिका बिचमा पर्ने माथिल्लाे फुगाड खाेलामा शुक्रबार बिहान एक जना महिला बेपत्ता भएकि छन । जगनाथ गाउपालिका ४ बाट राष्काेट नगरपालिका सिप्खना माईतिघर जाने क्रममा खाेला तर्न खाेज्दा महिलालाई बगाएकाे बताईएकाे छ ।
बर्खा यामकाे तर्न नसकिने खाेला भएकाले उहाँ सग रहेका जम्मा ३ जना मध्ये दुई जना खाेला तर्न सफल भएका हुन । उहालाई तार्न खाेज्दा नसकेर बेपत्ता भएकाे जनाईएकाे छ। बेपत्ता हुनेमा जगनाथ गाउपालिका ५ कि ४७ बर्षिय हयार्कि सार्कि रहेकाे जनाईएकाे छ। बेपत्ताकाे राष्काेट नगर प्रहरिद्दारा खाेजिकार्य भईरहेकाे खबर प्राप्त भएकाे छ । माथिल्लाे लालु लैफु सडक निर्माणका क्रममा पुरानाे बाटाे हिड्न समस्या भएकाले पैदल यात्रिहरु निर्माणाधिन सडक बाट अावत जावत गरिरहेका छन । पुल भएकाे बाटाे हाल ठप्प भएकाे छ । सडक बाट हिड्दा कुनै तर्ने बिकल्प नभएकाले यस्ताे समस्या भएकाे स्थानियहरु बताउछन ।
फुगाड खाेलाले बगाउदा एक जना महिला बेपत्ता
तपाईको प्रतिक्रिया

साझा रैबार । १७ भाद्र २०७९, शुक्रबार १५:५५