बुढि अामाकाे प्रमुख अातिथ्थतामा तिज विशेष कार्यक्रम सम्पन्न

हिन्दु नारिहरुकाे महान पर्व अाज देशभरका महिलाहरुले धुलधामका साथ मनाईरहेका छन । अाजकाे दिन महिलाहरुले विभिन्न किसिमका सास्कृतिक कार्यक्रम गरि मनाई रहेकाे जानकारि प्राप्त भएकाे छ । पलाता गाउपालिका ६ मा पुर्व कार्यपालिका सदस्य बास्पुना बुढाकाे अध्यक्षतामा कार्यक्रम सचालन गरिएकाे छ । कार्यक्रम प्रमुख अतिथि बृद्द अामा हासकला बुढाले गर्नु भएकाे थियाे । पलाता गाउपालिकाले तिज मनाउने चलनलाई व्यापक बनाउनका लागि डिजि ब्यानर र खाजा नास्ताकाे ब्यबस्था गरिएकाे उपाध्यक्ष अलैपुरा हमाल जैसाले जानकारि दिनु भयाे । कार्यक्रकाे सचालन स्वास्थ्य चाैकि खिनका अनमि सीता प्याकुरेलले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया