कालिकोट, असार ६ । पचालझरना गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को १९औँ गाउँसभाको पहिलो बैठक गाउँपालिका अध्यक्ष को अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम, विभिन्न ऐन तथा कार्यविधिहरू पेश गर्ने कार्यसूचीअनुसार सभा सञ्चालन गरिएको थियो। गाउँपालिका अध्यक्ष देवराज शाहीले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो।
प्रस्तावित नीति तथा कार्यक्रममा सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, भवन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने तथा आर्थिक विकासका विभिन्न क्षेत्रलाई समेटिएको छ। आर्थिक विकास अन्तर्गत कृषि, पशुपंक्षी, सहकारी, व्यवसाय दर्ता तथा नवीकरण, पर्यटन प्रवर्द्धन, रोजगार कार्यक्रम, उद्यम विकास तथा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको छ।
त्यसैगरी सामाजिक विकासतर्फ शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य तथा सरसफाइ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी कार्यक्रमहरू समावेश गरिएका छन्। वन, वातावरण तथा विपद् व्यवस्थापनका साथै विविध क्षेत्रका योजनाहरू पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल गरी आवश्यक सुझाव संकलन गरिने तथा आगामी आर्थिक वर्षका विकास निर्माण, सेवा प्रवाह र समग्र समृद्धिका लक्ष्य हासिल गर्न मार्गनिर्देशन गर्ने विश्वास लिइएको छ।
पचालझरना गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ६ असार २०८३, शनिबार १९:०४