१९ औं गणतन्त्र दिवसको अवसरमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

जेठ १५, कालिकोट । १९ औं गणतन्त्र दिवसको अवसरमा पचालझरना गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम शिक्षा शाखा प्रमुख धुर्वलाल संज्यालको सभाध्यक्षता तथा पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको विशेष आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत अग्नि अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयस्तरीय देउडा प्रतियोगिता, सांस्कृतिक प्रस्तुति तथा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयहरुलाई सम्मान गरिएको थियो । माध्यमिक विद्यालयस्तरीय देउडा प्रतियोगितामा श्री सरस्वती मा.वि. भिट्टाले प्रथम, जनप्रिय मा.वि. बोलुगाउँले द्वितीय तथा जनता मा.वि. खाद्दुले तृतीय स्थान हासिल गरेका थिए । त्यस्तै नित्य तर्फ आधारभूत तह चुलिमालिका आ.वि. लाफाले प्रथम, पंगेली मा.वि. नुवाघरले द्वितीय तथा कालिका आ.वि. नानिकोटले तृतीय स्थान प्राप्त गरेका थिए ।
कार्यक्रममा शैक्षिक सत्र २०८२ को कक्षा ८ र SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कक्षा ८ तर्फ प्रियजल लामिछाने (सरस्वती मा.वि. भिट्टा) प्रथम, हिमांशु संज्याल (जानोदय मा.वि. राम्नाकाेट द्वितीय निजन कटुवाल (कालिका मा.वि. खरकाेट) तृतीय भएका थिए । SEE तर्फ विशाल परियार (पञ्चकालिका मा.वि. बाझकोट) प्रथम, चरित्र आचार्य (पञ्चकालिका मा.वि. बाझकोट) द्वितीय सुरज संज्याल (जानोदय मा.वि. राम्ना काेट तृतीय भएका थिए ।
त्यसैगरी अनिवार्य विषयको शिक्षणमा उत्कृष्ट नतिजा ल्याउने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो । कक्षा ८ तथा SEE परीक्षामा अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विभिन्न विद्यालयका शिक्षकहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
शैक्षिक सत्र २०८२ को कक्षा ८ को नतिजाका आधारमा जानोदय मा.वि. राम्नााकाेे पालिका प्रथम विद्यालय घोषित भएको छ भने SEE परीक्षाको नतिजाका आधारमा विद्यादेवि मा.वि. मयकाेट पालिका प्रथम विद्यालय बन्न सफल भएको छ ।
यसै अवसरमा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । एथलेटिक्सतर्फ करिश्मा ऐडीले ३००० मिटर दौड, करिश्मा ऐडीले हाईजम्प तथा सरिता खड्काले ज्याभलिन थ्रो स्वर्ण पदक प्राप्त गरेका थिए ।
त्यस्तै रास्कोट नगरपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने विद्यार्थी रेजिना बुढा, सुरज संज्याल तथा डिकेन्द्र कटुवाललाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवराज शाहीले शिक्षा क्षेत्रको गुणस्तर सुधारमा गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयहरुलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रमका सभाध्यक्ष तथा शिक्षा शाखा प्रमुख धुर्वलाल संज्यालले शिक्षाको गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई बधाई दिँदै आगामी दिनमा अझ मेहनतका साथ शैक्षिक गतिविधिमा लाग्न आग्रह गर्नुभयो । साथै उहाँले गाउँपालिकाभित्र शैक्षिक सुधार, अनुशासन र गुणस्तरीय शिक्षामा शिक्षा शाखा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो

तपाईको प्रतिक्रिया