नेकपा एमालेका युवाहरुको सुर्खेतमा छलफल, उम्मेदवार नगेन्द्र शाहीलाई विजयी गराउने रणनीति

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले निकट युवाहरुले सुर्खेतमा भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेका छन्।
उक्त कार्यक्रममा कालिकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने उम्मेदवार नगेन्द्र शाहीलाई विजयी गराउने विषयमा रणनीतिक छलफल गरिएको सहभागीहरुले बताएका छन्। कार्यक्रममा चुनावी तयारी, युवा परिचालन, मतदाता भेटघाट तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउनेबारे विशेष जोड दिइएको थियो।
छलफलमा युवा संघ कर्णाली प्रदेशका उपाध्यक्ष गणेश शाही, प्रदेश सदस्य सुशील संज्याल, स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेश सदस्य मीनबहादुर बुढा तथा कालिकोट जिल्ला युवा संघ अध्यक्ष मिनराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी युवाहरुले आसन्न निर्वाचनमा संगठनलाई एकताबद्ध रूपमा परिचालन गर्दै उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै जिल्लास्तरमा घरदैलो, अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिने निर्णय समेत गरिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया