मन्दीर सरसफाइ सहित सामाग्री हस्तान्तरण सम्पन्न

महेन्द्र ऐडी सम्वाददाता

महाशिव रात्री २०८२ को अवसरमा एभरेस्ट नेट प्रा लि को केन्द्रीय कार्यलयले पुरातात्वीक महत्वले भरियको पौराणीक मन्दीर बिरेन्द्रनगर ९ लाटिकोइलीमा रहेको शिव मन्दीर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसर पारेर एभरेष्ट नेटले मन्दीरको लागि आवस्यक सरसफाइ सामाग्री बिरेन्द्रनगर नगरपालिका ९ का वडा अध्यक्ष ऋषि गिरी मार्फत मन्दीरका कोषाध्यक्ष याम कला जैसीलाइ हस्ताण्तरण गर्नुभयको छ ।
वडा अध्यक्षले एभरेष्ट नेट परिवारलाइ यो कर्मकालागी धन्नेबाद दिदै आगामी दिनहरुमा पनि यस्ता परोपकारी काम गरेर यो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको बिकासमा टेवा पुराउन सहयोग गरि सहकार्य गर्न आह्वान गर्नु भयको छ ।
भने एभरेष्ट नेटका प्रमुख कार्यकारी अधिकृत ज्युले यो शिवरात्री अवधी भर मन्दीर परिसरमा उच्च गतीको फ्री इन्टरनेट सन्चालन हुने जानकारी गर्नु भयको छ ।

तपाईको प्रतिक्रिया