पचालझरनाका दश माध्यमिक विद्यालयलाई एसईई लक्षित शैक्षिक तयारी तथा सामग्री सहयोग घोषणा

 

पचालझरना गाउँपालिका भित्र रहेका दश वटा माध्यमिक विद्यालयलाई लक्षित गर्दै बौद्ध इन्टरनेशनल स्कुल , काठमाडौँका प्राचार्य दिपेश महर्जन द्वारा विशेष शैक्षिक सहयोग कार्यक्रमको घोषणा गरिएको छ।

आउँदै गरेको माध्यमिक शिक्षा परीक्षा एसईई लाई लक्षित गरी कक्षा दश का विद्यार्थीहरूलाई प्रभावकारी परीक्षा तयारीका तरिका, समय व्यवस्थापन, प्रश्नपत्र विश्लेषण गर्ने सीप तथा पढाइ नभएका वा कमजोर विषयहरू कहाँबाट र कसरी खोजेर स्वअध्ययन गर्ने भन्ने विषयमा विस्तृत मार्गदर्शन प्रदान गरिएको बताइएको छ।

कार्यक्रमका क्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिदिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। यस घोषणाले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको कार्यक्रमका समन्वयकर्ता जस बोगटीले जानकारी दिएका छन्।

त्यसैगरी, कक्षा दश का विद्यार्थीहरूका लागि आवश्यक स्टेशनरी सामग्री तथा विद्यालयका लागि खेलकुद सामग्री उपलब्ध गराउने घोषणा पनि गरिएको छ।

यस पहलले पचालझरनाका माध्यमिक तहका विद्यार्थीहरूलाई आगामी  एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा र आवश्यक सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया