पचालझरना गाउपालिकामा नमुना एसईई संचालनहुदै

पचालझरना गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाले यस बर्ष एसईई परिक्षामा सहभागी हुने बिधार्थीहरुका लागि नमुना एसईई संचालन गर्ने भएकाेछ ।
बिधार्थीहरुलाई डर त्रास कम गर्ने, आत्म बल बलियाे बनाउन र सिकाईलाई थप तयारी गर्ने विद्यार्थीहरुको ज्ञान् क्षमता र दक्षताको मुल्यांकन गरेर थप पृस्ठपोशण सहितको सुधारात्मक कक्षा संचालनको लागि संचालन गर्ने
उदेश्यले परिक्षा संचालन गर्न लागिएकाे शिक्षा युवा तथा खेलकुद शाखाका बरिष्ठ शिक्षा अधिकृत धुर्वलाल संज्यालले बताउनु भयाे । पचालझरना गाउपालिकाका १० वटा माध्यमिक विधालयबाट १९८ बिधार्थीहरु सहभागी हुदैछन । परिक्षालाई मर्यादित र अनुशासित बनाउनका लागि प्रधानाध्यापकहरुलाई आफू अध्यापन गराईरहेकाे बिधालय बाहेक अन्य बिधालयमा केन्द्राध्यक्ष बनाएर पठाईएकाे छ । माघ १८ गते देखि २४ गते सम्म परिक्षा संचालन हुनेछ ।परीक्षालाई मर्यादित,निश्पक्ष,भएरहित तरिकाले सम्पन्न गर्न आवश्यक सहयोगको लागि सरोकारवालाई बरिष्ठ शिक्षा अधिकृत संज्यालले अनुराेध समेत गर्नु भएकाेछ । परिक्षा संचालनका लागि ७ वटा केन्द्र निर्धारण गरि केन्द्राध्यक्षहरुलाई जिम्वेवारी पत्र समेत प्रधान गरि सकेकाे बताईएकाेछ ।

तपाईको प्रतिक्रिया