भड्किलो रूपमा जन्मदिन मनाउने चलन बढ्दै गएको वर्तमान समयमा पचालझरना गाउँपालिका वडा नम्बर ४ अन्तर्गत रहेको चुलिमालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नयनराम बरालले उदाहरणीय कार्य गर्नुभएको छ।
आफ्नो जन्मदिनको अवसरमा प्रधानाध्यापक बरालले विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका सबै विद्यार्थीहरूलाई एक–एक सेट डटपेन र कापी वितरण गरी जन्मदिन मनाउनुभएको हो। पचालझरना गाउँपालिका–४, लाफा, कालिकोटस्थित उक्त विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दै उहाँले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सकिने सन्देश दिनुभएको छ।
जन्मदिन अनावश्यक तामझाम र खर्चमा मनाउनु भन्दा दिनदुखी तथा बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको प्रधानाध्यापक बरालले बताउनुभयो। उहाँले जन्मदिन मनाउने सबैलाई अनावश्यक खर्च कटौती गरी बालबालिकाको भविष्य निर्माणमा लगानी गर्न अनुरोध समेत गर्नुभएको छ।
स्थानीय स्तरमा प्रधानाध्यापक बरालको यो कार्यलाई सकारात्मक र प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।
प्रधानाध्यापक बरालद्वारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
तपाईको प्रतिक्रिया

साझा रैबार । २८ पुष २०८२, सोमबार १५:५५