एभरेष्ट वायर लेस नेटवर्कको दुई दिने कार्यशाला सम्पन्न कर्णाली, लुम्बिनी र सुदुरपश्चिमका जिल्लामा भरपर्दो ईन्टरनेट सेवा दिदै

 

महेन्द्र ऐडी सम्वाददाता

एभरेस्ट वायरलेस नेटवर्क कम्पनी प्रा लिले कर्मचारीको क्षमता अभिबृदिको लागि २ दिने कार्यशाला सम्मपन्न गरेको छ ।
मध्य तथा सुदुरपश्चिमको सान मानिएको एभरेष्ट वायरलेस नेटवर्क कम्पनीले आफ्नो सेवालाई थप स्तरीय र भरपर्दो बनाउनका लागि कम्पनिका १६ शाखाका प्रमुख तथा प्राबिधिकको क्षमता बिकासको लागि कार्यशाला आयोजना गरिएको हो ।

कार्यक्रममा कम्पनिका कम्पनीका संचालक वसन्त वली, सी.ई.ओ. धर्मराज खड्का, सि.बि.यो. कुलमान पुलामी, ए. जि. एम. सुरेन्द्र शाही, आर. एम. मुकेश चौधरी, आर. एम. मुकेश कुमार यादब, आर. एम. दिपक रावल , सि.टि.ओ. रामबहादुर कटुवालले प्रशिक्षण दिनु भएको थियो । १६ वटा शाखा रहेको एभरेष्ट वायरलेस नेटवर्क कम्पनीमा हाल १ सय ६८ जना कर्मचारी रहेका छन ।

कर्णाली, सुदुरपश्चिम र लुन्बिनी प्रदेशका २३ वटा जिल्लामा फाइबर तथा वायरलेस मार्फत इन्टरनेट सेवा प्रदान गरिरहेको छ। कार्यक्रममा सेवाग्राहिको सेवाको लागि सधैब अग्रसर रहन संचालक ओलिले कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो ।

दुई दिनसम्म चलेको कार्यशालाको समापनको सहजीकरण मुख्य कार्यालय सुर्खेतका ए.जि. एम. सुरेन्द्र शाहिले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया