युवा शसक्तिकरण तथा क्षमता विकास तालिम सम्पन्न

युवा सशक्तिकरण तथा क्षमता विकास तालिम अन्तर्गत स्थानीय युवा परिषद् पचालझरना गाउँपालिकाको आयोजना तथा शिक्षा, युवा तथा खेलकुद शाखा पचालझरना गाउँपालिकाको समन्वयमा २ दिने युवा तालिम तथा सहभागिता कार्यक्रम सम्पन्न भएको छ ।
तालिममा लैङ्गिक हिंसा, साइबर अपराध तथा साइबर सुरक्षा, मानव अधिकार, कानुन निर्माण प्रक्रिया (संघ, प्रदेश र स्थानीय तह), नेता तथा नेतृत्वसम्बन्धी ज्ञान, बालविवाह, बहुविवाह लगायतका आधारभूत तथा महत्वपूर्ण विषयहरूमा युवाहरूको भूमिका तथा आगामी दिनमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रशिक्षण प्रदान गरिएको युवा परिसदका उपाध्यक्ष दिपेन्द्र बहादुर शाहीले जानकारी दिनु भयाे ।
कार्यक्रममा पचालझरना गाउँपालिकाका ९ वटै वडाबाट २ जना युवा र २ जना युवती गरी सहभागिता सुनिश्चित गर्दै युवाहरूलाई सशक्त, सचेत र नेतृत्वदायी नागरिकका रूपमा विकास गर्ने उद्देश्य राखिएको थियो ।
तालिमले कार्यक्रमहरूले स्थानीय तहमा जिम्मेवार, अधिकारसम्पन्न र परिवर्तनकारी युवा नेतृत्व निर्माणमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया