पचालझरनाका १० विद्यालयका बिद्यार्थीलाई प्रविधिको प्रयोगबाट हुने लैंगिक हिंसा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कालिकोट — जोन्ता क्लब काठमाडौँ र साईबर ब्युरोको समन्वयमा पचालझरना गाउँपालिकाका १० वटा विद्यालयका बिद्यार्थीलाई प्रविधिको प्रयोगबाट लैंगिक हिंसा तथा त्यसबाट जोगिने उपायहरू सम्बन्धी आधादिने सचेतना कार्यक्रम आज ऑनलाइन माध्यममार्फत आयोजना गरेको थियो।

उक्त कार्यक्रममा प्रहरी नायकउपरीक्षक गजेन्द्र आचार्यले अनलाइन दुव्र्यवहार (ह्यारासमेन्ट), ठगी, साइबर सुरक्षाका आधारभूत उपाय, पासवर्ड सुरक्षा, सामाजिक सञ्जाल प्रयोगका सावधानी तथा अनलाइन अपराधबाट सुरक्षित रहने व्यवहारगत सीप सिकाउनु भएको थियो। साथै अधिवक्ता सल्लु तिवारीले यसै सम्बन्धि कानुनी प्रावधानहरुको बारेमा जानकारी प्रदान गर्नु भएको थियो। कार्यक्रमको समन्वय तथा प्राविधिक सहयोग जोन्ता क्लब काठमाडौँले गरेको थियो भने कोर्डिनेटरको भूमिकामा ” सार्बजनिक युवा सरोकार मञ्च फचालझरना” का अध्यक्ष जस बोगटी रहनुभएको थियो। यस कार्यक्रमको प्रायोजना एभरेष्ट बैंक लिमिटेड, गोल्छा ग्रुप तथा एन. ऐम. बि. बैंक ले गरेका थिए।

कार्यक्रममा सहभागी विद्यालयहरू—

१. श्री सरस्वती माध्यमिक विद्यालय, भिट्टा
२. श्री ज्ञानोदय माध्यमिक विद्यालय, राम्नाकोट
३. श्री पञ्चकन्या माध्यमिक विद्यालय, बाज्कोट
४. श्री विद्यादेवी माध्यमिकविद्यालय, मयकोट
५. श्री पंगेलीदेवी माध्यमिक विद्यालय, नुवाघर
६. श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालय, तिखार्ती
७. श्री जनप्रिय माध्यमिक विद्यालय, बोलुगाउँ
८. श्री कालिका माध्यमिक विद्यालय, खयरकोट
९. श्री सरस्वती माध्यमिक विद्यालय, सिकु
१०. श्री जनता माध्यमिक विद्यालय, खार्दु

प्रशिक्षणमा बिद्यार्थीहरूले अनलाइन दुव्र्यवहार (ह्यारासमेन्ट), ठगी, साइबर सुरक्षाका आधारभूत उपाय, पासवर्ड सुरक्षा, सामाजिक सञ्जाल प्रयोगका सावधानी तथा अनलाइन अपराधबाट सुरक्षित रहने व्यवहारगत सीप सिकेका छन्।

जोन्ता क्लबले यस किसिमका कार्यक्रमले ग्रामीण क्षेत्रका बिद्यार्थीहरूमा डिजिटल सचेतना बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया