पंगेलि माध्यमिक विद्यालय, पचालझरना ७ काे भर्चुअल अन्तरक्रिया तथा सुझाव–संकलन कार्यक्रम सम्पन्न

 

कालिकोट – पचालझरना गाउपालिका वडा नम्वर ७ स्थित

पँगेलीदेवी माध्यमिकले भर्चुअल जुम बैठकमार्फत स्थानीय युवा, अभिभावक र सरोकारवाला प्रतिनिधिहरूसँग अन्तरक्रिया तथा सुझाव–संकलन कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक, भौतिक तथा दीर्घकालीन विकासमा सहयाेग पुगाेस भन्ने उद्श्यले बैठक संचालन गरिएकाे हाे ।

बैठककाे सुरुवात विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जसबहादुर बोगटीले गर्नु भएकाे थियाे। बोगटीले विद्यालय सुधारका लागि समुदाय, अभिभावक र युवाको सामूहिक भूमिका अपरिहार्य रहेको बताए।
बैठकमा उठेका प्रमुख बुँदाहरू

१. आवासीय विद्यालय सञ्चालनका चुनौती र समाधान :
विद्यालयलाई आवासीय मोडेलमा रूपान्तरण गर्दा आवश्यक पूर्वाधार, व्यवस्थापन, चुनौती र समाधानका उपायहरूबारे विस्तृत छलफल गरियो।

२. अक्षय कोष निर्माण :
विद्यालयको दीर्घकालीन आर्थिक स्थायित्वका लागि अक्षय कोष निर्माण गरी सहयोग संकलन गर्ने प्रस्ताव

३. विद्यालय परिसरभित्रका होटल–पसलबाट भाडा संकलन :
विद्यालय क्षेत्रभित्र सञ्चालनमा रहेका होटल तथा पसलहरूबाट निश्चित भाडादरका आधारमा मासिक राजस्व संकलन गरी विद्यालयको कोषमा जम्मा गर्ने महत्त्वपूर्ण सुझाव आएको छ।

४. विद्यार्थीहरूको शुक्रवारीय कार्यक्रम नियमित गर्ने :
विद्यार्थीहरूको प्रस्तुति क्षमता, आत्मविश्वास र अतिरिक्त गतिविधि बढाउने उद्देश्यले शुक्रवारीय कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने सहमति बनाइयो।

५. अभिभावक दैनिक फलोअप तथा बी.ब्य.स. बोडीको जिम्मेवारी
बी.ब्य.स. बोडीका सदस्यहरूले आफ्ना-आफ्ना टोलका विद्यार्थीहरूको जिम्मेवारी लिने, अभिभावकहरूसँग दैनिक समन्वय गरी विद्यार्थीलाई नियमित विद्यालय पठाउनेतर्फ ध्यान केन्द्रित गरिने बताइय को छ |

६. विद्यालयको बाँझो जमिन उपयोग
विद्यालयमा रहेको बाँझो जमिनमा स्याउ, ओखर, टिम्बुर जस्ता व्यावसायिक फलफूलका बिरुवा रोपेर दीर्घकालीन आयस्रोत तयार गर्ने योजना अघि सारेको छ |

७. विद्यालय घेरबार निर्माण
विद्यार्थीहरूको अनियमितता रोकथाम तथा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन विद्यालयको घेरबार निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न सहभागीहरूले जोड दिए।

बैठकमा विद्यालयको हितका अन्य आवश्यक विषयहरूमा पनि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले दिएको सुझाव तथा योजनालाई विद्यालय प्रशासनले आगामी कार्यान्वयनमा प्राथमिकताका साथ समावेश गर्ने प्रतिबद्धता जनाएको थियाे ।

तपाईको प्रतिक्रिया