देश चलाउन नेतृत्व अनिबार्य रहेकाे नेकपा एमालेका युवा नेता सुशील सज्यालले बताएका छन । उहाँ भन्नु हुन्छ जति सुकै आन्दाेलन गरे पनि मुलुक चलाउन विचार, सिद्धान्त, नेता, नेतृत्व र राजनीतिक पार्टी चाहिन्छ । यी सबैको अभिभावकत्व ग्रहण गर्ने राजनेता चाहिन्छ। राजनेताको अभावमा मुलुकले देशी विदेशी प्रतिक्रियावादीको हेपाई, पेलाई र अपहेलना समेत सहँदै र व्यहोर्दै आएको छ।
यस्तो बेला मुलुकले संकटपूर्ण घडीबाट सहज अवस्थामा आउनका लागि निकै संघर्ष गर्नुपर्ने हुन्छ । यतिबेला मुलुकलाई बचाउन सम्पूर्ण राजनीतिक दलहरू संकीर्णता, जडता र यान्त्रिकताबाट अलग थलग रहेर पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको भविष्यका लागि सोच्ने बेला आएको छ।आन्दोलन, विद्रोह, सङ्घर्ष र क्रान्तिमा नचाहँदा नचाहँदै पनि कमी कमजोरी हुन्छन्, तर यसपटक मुठ्ठीभरका मानिसहरूले गरेका कु कर्मका कारण निर्दोषहरूले पनि पीडा खम्नु पर्यो देशले बेहोर्नु परेको भुकम्प पछिको बिपतमा परेर ज्यान गुमाउने मृतक भाइ भहिनिप्रति हार्दिक श्राद्धान्जलि घाइते प्रति सिघ्र स्वास्थ्य लाभको कामना देशले एक परिबर्तन खोजिरहेको कुरा सत्य हो र अहिलेको उदाउँलदो नयाँ पुस्ताको माग र राजनीतिक दल प्रति बढेको र केही ले जबर्जस्ती थप बढाइएको असन्तुष्टिको उपज एक तहका भाईबैनिको सुसासन कायम र राज्यलाई बिकसित बनाउन आतुर युवाहरुले सुनौलो भबिष्य खोज्दै सुरु गरेको आन्दोलनको कसैले असुइकार गर्ने ठाउँ छैन बिडम्बना आन्दोलनमा भएको अराजकता , आगजनी ,लुटपाट , र हिङ्सात्मक गतिविधि प्रति जति भ्रत्सना गरेपनि अपुग नै हुन्छ । अब देश बदल्न बहस बदलौ एकैस्वरमा समृद्ध देश सुखि नेपाल राजनिति दल बिना अराजक भिडबाट सम्भावना छैन । अर्को कुरा नेकपा एमालेबाट निकाश दिनु पर्छ बहुसंख्यक जनताको आशा र भरोसाको धरोहर र एजेन्डा नेकपा एमाले हो ।
– सबै प्रकारका वैदेशिक हस्तक्षेप र थिचोमिचो मुर्दावाद !
– सबै प्रकारका साम्राज्यवाद र प्रतिक्रियावाद मुर्दावाद !!
– अजय शक्ति जनता जिन्दाबाद !
– अन्तिम सत्य जनता जिन्दाबाद जिन्दाबाद !
देश चलाउन नेतृत्व चाहिने एमालेका युवा नेता संज्यालकाे भनाई
तपाईको प्रतिक्रिया

साझा रैबार । २५ आश्विन २०८२, शनिबार १९:४८