सार्वजनिक सराेकारका बिषयमा युवा बहस पचालझरना गाउपालिकामा सम्पन्न भएकाेछ । अनियमिता भष्टचार र बेथितिकाे अन्त्य र समृद्व पचालझरना निर्माणका लागि सम्भावनाहरुकाे खाेजि गर्ने उदेश्यले युवा बहसकाे आयाेजना गरिएकाे थियाे । सार्वजनिक युवा सराेकार मञ्च पचालझरना गाउपालिका कालिकाेटका संयाेजक जस बाेगटिकाे अध्यक्षता रहेकाे थियाे, गाउपालिका अध्यक्ष देवराज शाहीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
बहस कार्यक्रममा पचालझरना गाउपाालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, बिषयगत शाखा प्रमुख र युवाहरुकाे सहभागिता रहेकाे थियाे । युवा बहसमा पचालझरना गाउपालिकाले संचालन गरेका विभिन्न गतिबिधिहरुकाे बारेमा स्थानिय सरकारलाई प्रश्नहरु गरेका थिय । कर्मचारि छनाेट तथा भर्ति गर्दा आफ्ना अासेपासे भर्ति गरेकाे, याेजना बिनियाेजित गर्दा नजिकका नातेदार र आफ्नाे पाटिका कार्यकर्ता लक्षित गरेकाे,शिक्षाकाे गुणस्तर दिन प्रतिदिन कमजाेर हुँदै गएकाे, पशु शाखा ,कृर्षि शाखा लगाएतका कर्मचारी वडा सचिवमा खटाईएका, अनुदानबाट राखिएका कर्मचारिहरुकाे समय अबधि सकिए पनि पालिकाकाे सेवा सुविधाबाट तलब भर्ता खुवाई रहेकाे, पालिकाकाे समान खरिदमा अनियमिता गरेकाे र बिधालयकाे दिवा खाजा मिलेमताेमा गुणस्तरहिन खाजा खुवाईरहेकाे आराेप युवाहरुले लगाएका थिए । बहसमा बाेल्दै पचालझरना गाउपालिका अध्यक्ष शाहीले भाैगाेलिक तथा सामाजिक समस्याहरु धेरै भएकाले बिस्तारै पालिकाले मुहार फेरि रहेकाे र युवाकाे चाहना अनुसार सरकार अगाडि बढ्ने र सधै युवाकाे साथ र सहयाेग पालिकालाई जरुरत पर्ने बताउनु भयाे । भेलाले सार्वजनिक युवा सराेकार मञ्च गठन गरिने बताईएकाेछ ।
पचाझरनामा युवा बहस सम्पन्न स्थानिय सरकारलाई प्रश्नै प्रश्न
तपाईको प्रतिक्रिया

साझा रैबार । २५ आश्विन २०८२, शनिबार २०:११