वडास्तरिय भलिवल प्रतियाेगिता सम्पन्न प्रगतिशिल युवा क्लव बाजुराकाे जित

स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने मुल नाराका साथ बिजया दशमि तथा शुभ दिपावली २०८२ सालकाे पावन अबसरमा पचालझरना गाउपालिका वडा न ६ मा वडा स्तरिय खुल्ला भलिवल प्रतियाेगिता सम्पन्न भएकाे। डिएमसि युवा क्लबकाे आयाेजनामा संचालन गरिएकाे प्रतियाेगितामा पचालझरना गाउँ पालिकाका अध्यक्ष देवराज शाहीकाे प्रमुख आथिथ्यता शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख धुर्वलाल सज्यालकाे विशेष आथिथ्यता रहेकाे थियाे । तीन दिन सम्म संचालन भएकाे खेलमा सुदुर पश्चिम प्रदेश र कालिकाेट जिल्लाका १६ वटा टिमकाे सहभागिता रहेकाे थियाे । जगनाथ गाउपालिका स्थित वडा नम्बर २ काे प्रगति युवा क्लवले प्रथम, राेयल युवा क्लव जगनाथ वडा नम्वर ५ दितिय र पचालझरना गाउपालिका १ काे टिमले तृृतिय स्थान हासिल गरेकाे थियाे । स्थान प्राप्त गर्ने टिमलाई क्रमश बिस हजार दस हजार र पाच हजार नगद प्रमाण पत्र मेडल र कप सहित प्रदान गरिएकाे थियाे । कार्यक्रमकाे सभाध्यक्ष क्लवकाे अध्यक्ष नर्जन बुढाले गर्नु भएकाे थियाे । खेलकुद क्षेत्रलाई मुख्य केन्द्रमा राखिएकाे र साेहि अनुसार खेलाडि उत्पादनका लागि निरन्तर पालिका साथमा रहेकाे प्रमुख अतिथि तथा गाउपालिका अध्यक्ष शाहीले बताउनु भयाे । खेल संचालन कर्णाली प्रदेशका रेफ्रि प्रेम बहादुर बमले संचालन गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया