वर्ल्डलिंककाे सामाजिक उत्तरदायित्व कार्यक्रम ( CSR ) अन्तर्गत पँगेली मा.वि. मा निःशुल्क अंग्रेजी भाषा अध्यापन सुरु गरियको छ |

पचालझरना गाउपालिका वडा न ७ स्थित पंगेलि माध्यमिक बिधालयमा नुवाघरमा अध्ययनरत छात्र छात्राहरुका लागि अनलाई अग्रेजी भाषाकाे कक्षा सुरु गरिएकाेछ । वर्ल्डलिङ्क कम्युनिकेशन लि र लाेकाेपकार संस्थाकाे समन्वयमा कक्षा संचालन गरिईकाे हाे । २५ जना बिधार्थीहरुलाई पहिलाे चरणमा सुरु गरिईकाे छ,क्रमश सबै बिधार्थीहरुलाई भाषा सिकाउने उदेश्य रहेकाे बताईएकाेछ । कक्षा सचालन गर्न समन्वय गर्ने पचालझरना गाउपालिका वडा नम्बर ७ का युवा तथा वर्ल्डलिङ्कका कर्मचारी जस बाेगटीले भनेका छन म जन्मेकाे ठाउ र मैले पढेको विद्यालयका विद्यार्थीहरूले आधुनिक युगसँगै समायाेजन हुने कुरा सिक्दै अंग्रेजी भाषामा दक्षता हासिल गरून्, उनीहरूको स्तरमा सकारात्मक उन्नति होस् भन्ने रहेको बताएका छन । पचालझरना पचालझरना गाउपालिकाले बिधालयलाई स्मार्टबार्ड समेत उपलब्ध गराएकाे छ । क्रमश पचालझरना गाउपालिकाका सबै विधालयहरुमा अग्रेजी भाषा कक्षा संचालन गरिने समेत बताईईकाे छ ।

तपाईको प्रतिक्रिया