पचालझरनाले गर्याे सम्मान स्वरुप समाग्रि बितरण

पचालझरना गाउपाालिका ७ मा जेष्ठ नागरिकलाई थर्मस बितरण गरिएकाे छ । वडाका पाच जना जेष्ठ नागरिकालाई चिसाे माैसममा रुघा खाेकि निमुनियाबाट बच्न शरिरमा पानिकाे मात्रा कमि हुन नदिन तथा सम्मानका लागि थर्मस बितरण गरिएकाे वडा अध्यक्ष कल बहादुर ऐडिले बताउनु भयाे ।कार्य क्रममा बाेल्दै अध्यक्ष ऐडिले सामाजिक रुपमा पछाडि परेका समुदायका ब्यक्तिहरुलाई सधै सम्मान गर्ने बताउनु भएकाेछ । वडामा नया नियुक्ति भएर अाउनु भएका सचिब धर्मराज न्याैपानेलाई स्वागत गरिएकाे जनाईकाे छ । पचालझरना गाउपालिकाकाे अार्थिक सहयाेगमा साे समाग्रि बितरण गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया