वडा अध्यक्ष ऐडि सामाजिक कार्यमा जुट्दा घाईते

पलाता गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञान ऐडि घाईते हुनु भएकाे छ । गाउपालिकाकाे ६ नम्बर वडाकाे उखाडिकाे गाईतर खाेलामा काठे साघु निर्माणका क्रममा ऐडि घाईते हुनु भएकाे हाे । स्थानिय बासिहरु एक जुट भई खाेला वार पार गर्नका लागि स्थानियहरुलाई बर्सेनि सास्ति खेप्नु परेकाे थियाे । साघु तान्ने क्रममा शरिरमा परेपछि घाईते भएकाे स्थानिय नरेन्द्र बुढाले जानकारि दिनु भएकाे छ । उपचारका लागि स्थानिय स्वास्थ चाैकिमा खिनमा लिईएकाे र उपचार सम्भव नभए पछि जिल्ला अस्पताल कालिकाेटमा रेफर गरिएकाे स्वास्थकर्मि कस्मित प्याकुरेले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया