साविकको नानिकोट गाउँ विकास समिति तुडिखेत हालको पचालझरना गाउँपालिका वडा नम्वर ६ मा जन्मीनु भएका बुवा सर्पलाल संज्यालका दुई छोरा र तिन छोरी सहितको परिवार रहेको छ । जेठो छोरा धुर्वलाल संज्यालको जन्म २०४३ साल फागुन १२ गते नानिकोट गाउँविकास समितिको वडा नम्बर २ मा जन्म भयो भने कान्छा छोरा विरेन्द्र प्रसाद संज्यालको २०४६ साल फागुन १४ गते तुडिखेत गाउँमा जन्म भएको थियो । साथै क्रमश दुबै बहिनीको जन्म भयो । अति विपनन तथा दुर्गम ठाउमा जन्म लिएका उनिहरु सामान्य घर परिवारमा जन्म लिएका हुन । दुर्गम ठाउ शिक्षाको पहुचमा जान समेत निकै कठिन भोग्नु परेको संज्याल विगत सम्झिनु हुन्छ । सानो छदा गाई गोठालो बाख्रा गोठालो तथा ज्यान पाल्नका लागि भारतका विभिन्न ठाउमा चौकिदारी र ज्याला मजदुरी गरेको निकै पिडादायीक घटना सुनाउनु हुन्छ । एस एल सि परिक्षा सकेर गाउका साथीहरु मिलेर भारतमा जाने र काम गर्ने योजना बनेर घरबाट १६ सय रुपैया चोरेर भारतको यात्रा तय गर्याे र कैलाली सम्म पुगियो र कैलालि पुगि सके पछि भाडाको लागि र खाने पैसा सकिएर भारत जाने सपना सपनामै सिमित रहयो, यदि भाडा हामी संग भएको भए भारतमा गईन्थ्यो । यदि भारत गएको भए यति ठुलो सफलता हुदैन्थ्यो होला विरेन्द्र संज्याल बिगत सम्झिनु हुन्छ । हुर्किदै जादा सोही वडाको श्री कालीका प्राधामिक विधालय बोलुगाउमा दुवै दाजु भाईको अध्ययन सुरुवात गरीएको हो । उनको बुवा उति बेला धौलागोह गाउँ विकास समितिको पुलाहामा अध्यापन पेशामा हुदा खेरी छोराहरुलाई पढाएर ठुलो मान्छे बनाउने सपना लिईरहनु हुन्थ्यो । अति विपनन तथा दुर्गम ठाउमा जन्म लिएका उनिहरु सामान्य घर परिवारमा जन्म लिएका हुन ।
प्राथामिक तहको पढाई सम्पन्न गरी सके पछि दैबु दाजु भाई माध्यमिक शिक्षा अध्ययनका लागि दाजु धुर्वलाल संजयालले बाजुरा जिल्लाको गोत्री गाउँ विकास समितिको एक विधालयमा अध्ययन गर्न जानु भयो र विरेनद्र प्रसाद संज्यालले माध्यमिक शिक्षा अध्ययनका लागि श्री सरस्वती माध्यमिक विद्यालय भिट्टामा अध्ययन गर्नु भयो । त्यसै गरी धुर्वलाल संजयालले उच्च माध्यमिक शिक्षा अध्ययनका लागि रास्कोटको वडिमालिका माध्यमिक विद्यालयबाट पुरा गर्नु भयो भने विरेन्द्र संज्यालले सुर्खेतको जन माध्यमिक विद्यालयमा उच्च माध्यमिक शिक्षा पुरा गर्नु भएको हो । त्यसै गरी दुवै दाजुभाईहरुमा प्राविधिक शिक्षा पढ्नु पर्छ भन्ने सोच मनमा आए पछि भाईले हेल्थ असिष्टेसन पढाई सकेर २०७३ सालमा पहिलो पटकमा अहेवमा स्थाई भई नवलपरासि स्वास्थ्य चौकिमा कार्यरत हुनु भएको थियो । पहिलो सफलता पछि फेरी हेल्थ असिष्टेनमा कर्णाली प्रदेशबाट नाम निकाले र रास्कोट नगरपालिकाको स्वास्थ्य चौकी स्यूनामा कार्यरत हुनु भयो । २०७६ को कर्मचारी समायोजना पछि आफ्नै गृह पालिका पचालझरना गाउपालिका स्वास्थ्य शाखा प्रमुखको जिम्वेवारीमा रहनु भयोको छ । यता दाजु भने भेटनरी जेटिए अध्ययान सकाएर बसकेकै बेला शिक्षक उहालाई आफ्नै गाउको कालीका आधारभुत विधालयमा अध्ययपन गराउने जिम्वेवारी मिलेको थियो । त्यस संगै २०७० सालमा शिक्षक सेवा आयोगले लिएको परिक्षा बाट कालीकोट जिल्लाबाट पहिलो प्रयासमै प्राथामिक शिक्षकको स्थायी नियूक्ति लिएर आफु कार्यरत बिद्यालयमा ८ बर्ष अध्यायन पश्चात आफ्नै नजिको विद्यालय जनप्रिय माध्यमिक विद्यालय बोलुगाउमा १ बर्ष अध्यापन गराई रहदा उता माध्यमिक तहको शिक्षक सेवा आयोगमा ओखलढुगा जिल्लाको एक विद्यालयमा माध्यमिक शिक्षकको जिम्वेवारी समाल्नु भयो ।
१ वर्षको ओखलढुगाको बसाईलाई विट मार्दै उहा कालीकोट जिल्लको रास्कोट नगरपालिकाको श्री बडिमालिका माध्यमिक विद्यालयमा सरुवा भई १ बर्ष अध्ययापन गराई रहदा सफलतको अर्का कडि उहामा थपिन गयो । कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको शिक्षा अधिकृत सातौमा कर्णाली प्रदेको एक नम्वरमा नाम दर्ज गरी आफ्नै गृह पालिकामा शिक्षा अधिकृतको रुपमा हाजिर भई शिक्षा शाखाको जिम्वेवारी सम्माल्नु भएको छ । यता भाई विरेन्द्रले भने विगत ६ बर्ष देखि आफ्नै पालिकामा दुबै भाईले दुई वटा शाखाको जिम्वेवारी सम्माल्ने अवसर पाएका हुन । यति मात्र दुबै भाईकी श्रीमतिहरुले समेत स्थायी जागरीमा रहेकी छन । धुर्वलाल संज्यालकी श्रीमति कौसिला न्यौपानेले शिक्षक सेवा आयोगले लिएको प्राथामिक तहमा उदयपुर जिल्लाबाट नाम निकाले र अध्यापन गरी रही छन भने यता विरेन्द्र संज्यालकी श्रीमति नविता उपाध्यय भने २०७३ सालमा अञ्चल लोकसेवा आयोग जुम्लाबाट अनमि पदमा नाम निकाल्न सफल भई हुम्ला जिल्लाका कार्यरत भइएकी थिइन । त्यस पछि कालीकोट जिल्लाको नरहरनिाथ गाउपालिकामा २०७५ सालमा सस्थ्य चौकी माल्कोटमा १ बर्ष काम गरे पश्चात आफ्नै गाउपालिकाको स्वास्थ्य चौकी राम्नाकोटमा हाल उहा कार्यरत हुनु हुन्छ । यस सगै एउटै पािलकामा एउटै घरका तिन जना स्थायी कर्मचारी कार्यरत छन भने एक जना शिक्षक पदमा आफ्नो प्रदेश भन्दा बाहिर अध्यापन गरी रहेकी छन । यता बुवा सर्पलाल संज्यालले छोरा बुहारीको यति ठुलो सफलाले आफना सबै ईच्छाहरु पुरा भएको र आफुले खास बनाउन खोजेका छोरा बुहारीहरु भए यसैमा खुसि छु । शिक्षा सातौमा नाम दर्ज गर्न सफल भए संगै पालिकाले एक होनाहार शैक्षिक व्यक्तित्व पाएको छ । नियूक्ति लिए पश्चात गृह पालिका पचालझरना गाउपालिकामा एक कार्यक्रमका विच भव्य स्वागत संग हाजिर हुनु भएका संज्याललाई पचालझरना गाउँपालिका स्थीत जन प्रतिनिधि शाखाका कर्मचारी लगाएतले स्वागत गर्नु भएको हो । सामान्य परिवारमा हुर्किएको मानिस हु । यहि हुर्किएको यहि ठाउमा खेलेको र धेरै कुराहरु नजिकबाट निहालेका छु, त्यसैले पचालझरनाको शैक्षिक अबस्थालाई सुर्धानकाका लागि पालिका स्थीत सबै सरोकारवाको साथ र सर्पाेट भएमा शिक्षा क्षेत्रमा सोचे जस्तो उपलब्धि ल्याउन सकिने अधिकृत संज्यालले बताउनु भयो ।
एउटै पालिकामा दाजु भाई अधिकृत घरका दुई जोडी स्थायी
तपाईको प्रतिक्रिया
साझा रैबार । २२ फाल्गुन २०८१, बिहीबार १८:५८