पचालझरना गाउपालिकामा ७ दिने दालमाेट उत्पादन तालिम सम्पन्न भएकाे छ । पचालझरना गाउपालिकाकाे आर्थिक सहयाेग उधम विकास शाखा पचालझरनाकाे आयाेजना र वयालझरना वहुउदेश्यीय सहकारी सस्था लिमिटेड पचालझरना ७ काे सहजिकरणमा तालिम सम्पन्न भएकाे हाे । पचालझरना गाउपालिकाका ६ र ७ वडा बाहेकका ७ वडाबाट १८ जना उधमिहरुकाे तालिममा सहभागिता रहेकाे थियाे । तालिमकाे समापन कार्यक्रमकाे अध्यक्षता गाउपालिका अध्यक्ष देवराज शाहीकाे रहेकाे थियाे । पचालझरना गाउपालिकाका प्रमुख प्रशासिकय अधिकृत कमल बहादुर बम लगायत विभिन्न शाखाकाे प्रमुख प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
बाहिरबाट आउने दालमाेटलाई कम गरि स्थानिय उत्पादनलाई प्राेत्साहन गर्ने र स्थानिय कृर्षकहरुले आफ्नाे उत्पादनकाे मूल्य पावस भन्ने उदेश्यले तालिम संचालन गरिएकाे उधम विकास शाखा प्रमुख नेत्रराज बमले बताउनु भयाे । पालिकामा उत्पादन हुने भट्टमासलाई संकलन गरि दालमाेट बनाएर स्थानिय तथा बाहिरिय बजारमा पठाउने र पालिकाकाे आर्थिक अबस्थालाइ मजबुद बनाउने पालिकाकाे उदेश्य रहेकाे अध्यक्ष शाहीले बताउनु भयाे । ७ दिन सम्म संचालन गरिएकाे तालिमकाे सहजिकरण दलसुर शाही र महेन्द्र ऐडीले गर्नु भएकाे थियाे ।
पचालझरनामा दालमाेट उत्पादन तालिम सम्पन्न
तपाईको प्रतिक्रिया
साझा रैबार । २२ फाल्गुन २०८१, बिहीबार १८:३४