सबै महिला तथा बालबालिकाकाे लागि अधिकार समानता र सशक्तिकरण भन्ने मुल नाराका साथ पचालझरना गाउपालिकामा ११५ आै अन्तराष्टिय नारी दिवस सम्पन्न भएकाे छ ।
पचालझरना गाउपालिका महिला तथा बालबालिका शाखाकाे आयाेजनामा दिवस संचालन गरिएकाे हाे । पचालझरना गाउपालिकाका उपाध्यक्ष अल्किना बमकाे सभाध्यक्षतामा संचालन भएकाे दिवसमा पचालझरना गाउपालिका अध्यक्ष देवराज शाही रहनु भएकाे थियाे । पालझरना स्थित सबै वडाका अध्यक्ष, सबै वडाबाट महिलाहरुकाे बाग्लाे उपस्थिति रहेकाे थियाे । दिवसमा पचालझरना गाउपालिकाका १ देखि ९ वडाका महिलाहरुकाे देउडा प्रतियाेगिता संचालन गरिएकाे थियाे । प्रतियाेगितामा प्रथम स्थान वडा नम्बर ८ दाेश्राे स्थान वडा नम्बर १ र तृतिय स्थान वडा नम्बर ४ ले प्राप्त गरेका थिए ।
पचालझरनामा देउडा प्रतियाेगिताकाे आयाेजना गरि नारि दिवस सम्पन्न
तपाईको प्रतिक्रिया
साझा रैबार । २४ फाल्गुन २०८१, शनिबार १९:११