प्रेस चाैतारी नेपाल कालिकाेटकाे साताै अधिवेशन सम्पन्न अध्यक्षमा शाेनि

प्रेस चौतारी नेपाल कालिकोटको नयाँ नेतृत्व चयन भएको छ । सातौँ जिल्ला अधिवेशनबाट रमेश कुमार सुनार (शोनि) सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। “समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म“ भन्ने नारासहित आयोजित अधिवेशनबाट सुनारको नेतृत्वमा १५ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हाे ।

त्यस्तै उपाध्यक्षमा कटक बम,निस्ता कार्कि सचिवमा ललित बिष्ट सह सचिवमा मान बहादुर बिक,लिलाराज सन्ज्याल ,कोषाध्यक्षमा तारा सार्की, सदस्यहरु अशाेक देवकोटा ,बहादुरे बि क , वर्षा योगि ,ममता विष्ट, नमराज खड्का लगायत नयाँ कार्यसमिति गठन गरिएको छ भने प्रदेश सभासदमा गोकर्ण प्रसाद सज्याल,छत्र रोका मगर ,राधिका कुमारी मल्ल,सर्मिला कुमारी शाही,कोपिला कुमारी शाही रहेका छन् भने केन्द्रीय सभासदमा तुलाराम पाण्डे ,दिलिप कुमार शाही ,विश्वनाथ सिम्खाडा,सुमन कुमार वम,भगवती शाही लगाएत रहेका छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खडाको सभाध्यक्षतामा संचालन गरिएको कार्यक्रममा जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलका नेता, सरकारी निकायका प्रमुख, सञ्चारकर्मी तथा अन्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया