पालिका स्तरीय खाेप समन्वय समिति र सञ्चार क्षेत्रकाे अभिमुखिकरण पचालझरनामा सम्पन्न

नेपाल सरकारकाे उच्च प्राथमिकता प्राप्त कार्यक्रम एच.पि.भी. खाेप अभियान २०८१  अन्तगत पालिका स्तरीय खाेप समन्वय समिति र संञ्चार क्षेत्रकाे अभिमुखिकरण पचालझरना गाउपालिकामा सम्पन्न भएकाेछ । खाेप समन्वय समितिका अध्यक्ष तथा गाउपालिका अध्यक्ष देवराज शाहीकाे सभापतित्वमा संचालन भएकाे थियाे ।

खाेप कार्यक्रमकाे उदेश्य उपलब्धि अबस्थाबारे जानकारी गराउने, पाठकाे मुखकाे क्यान्सर निवारण रणनिति एच पिभि अभियान आैचित्व र संचालन प्रकृया बारे जानकारी गराउने,एचपिभि खाेप समन्वय समिति संचार क्षेत्र र सराेबारवालाहरुकाे भुमिका र जिम्वेवारी बारे जानकारी गराउने,पाठेघरकाे मुखकाे क्यान्सरबाट सुरक्षित हुन लक्षित समुहका छात्राकिशाेरीहरुलाई एचपिभि खाेप लगाउन अभिप्रेति गर्ने उदेश्यले अभिमुखिकरण कार्यक्रम संचालन गरिएकाे पचालझरना शास्थ्य शाखा प्रमुख बिरेन्द्र सज्यालले जानकारी दिनु भयाे ।

पाठ्यघरकाे मुखकाे क्यान्सका कारण नेपालमा हरेक दिन ४ जना महिलाहरुकाे अकालमा ज्यान गईरहेकाे छ, १० देखि १४  बर्ष सम्मका किशाेरीहरुलाई पाठ्यघरकाे मुखकाे क्यान्सरबाट बञ्चित बनाउने उदेश्यले एच पि भि खाेप अभियान संचालन गर्न लागिएकाे जिल्ला स्वास्थ्य कार्यलय कालीकाेटका जनस्वास्थ्य अधिकृत तथा खाेप फाेकल पर्शन कटक बहादुर महतले बताउनु भयाे ।  माघ २२ गते देखि २४ गते सम्म पचालझरना गाउपालिकाका सबै विधालयहरुमा १० देखि १४ बर्ष सम्मका किशाेरीहरुलाई एच पि भि खाेप अभियान  संचालन गरिने शास्थ्य शाखा पचालझरनाले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया