विपदका समयमा सिकाई निरन्तताका लागि सिकाई आपुरण तथा द्रुत सिकाई याेजना (रियल) कार्यन्वयन सम्बन्धि आधारभुत तहका प्रधानाध्यापक तथा शिक्षकहरुका लागि २ दिने अभिमुखिकरण तालिम पचालझरना गाउपालिकामा सम्पन्न भएकाे छ ।
कोभिड १९ सहित अन्य विभिन्न विपदबाट प्रभावित कक्षा ३ देखि कक्षा ८ सम्ममा बालबालिकाहरु लाई विभिन्न ५ वटा स्तरमा छुट्याई उनिहरुको क्षमता अभिवृद्घ गर्न विद्यालयमा विभिन्न शैक्षिक क्रियाकलाप संचालन गर्ने तालिमकाे मुख्य उद्वेश्य रहेको थियाे ।
उक्त कार्यको कार्यान्वयनका लागि माघ २७ गते वेसलाइन इन्ट्रिका लागि पहिलो चरणको परीक्षा संचालन गरेर स्तर निर्धारण गर्ने बताइएको छ । साथै इनलाइन इन्ट्रिका लागि फागुन २२ गते दोस्रो चरणको परीक्षा संचालन गर्ने गरि कार्ययोजना समेत तयार गरिएको छ । उक्त कार्यक्रमको अध्यक्षता शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाहीले गर्नुभएको थियो, भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देवराज शाही, विशेष अतिथि गाउँ पालिकाका उपाध्यक्ष अल्किना बमले गर्नुभएको थियाे । तालिमको प्रशिक्षक नमराज आचार्य कुन्दन ले गर्नुभएको थियो । पचालझरना गाउपालिका स्थित २७ विधालयका २७ जना सहभागी रहेका थिए । तालिममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बम, प्रास अग्नि अधिकारीको समेत उपस्थिति रहेको थियो । तालिममा सिकेका सबै कुराहरुलाई बिधालयमा लागू गरेमा कमजाेर सिकाई भएका बिधार्थीहरुकाे सिकाईमा सहजता पुग्ने उपाध्यक्ष बमले बताउनु भयाे । काेभिड १९ काे महामारी र भबिष्यमा आउने विपतका बेला सिकाईमा आउने बाधाहरुलाई सहज बनाउन र सिकाईलाई निरन्तरता दिनका लागि पालिकाले तालिमकाे आबश्यकता ठानेर आयाेजना गरिएकाे छ , तालिम पश्चात् आआफ्नाे क्षेत्रमा सबैले लागू गरेरमा हामिले चाहेकाे र थालेकाे अभियान पचालझरना शैक्षिक रुपान्तरण अभियानलाई टेवा पुग्ने गाउपालिका अध्यक्ष शाहीले बताउनु भयाे । काेभिड १९ पछि सिकाईमा बाधा भयाे, नतिजा कमजाेर आयाे उच्च शिक्षामा गिरावट आयाे यी विभिन्न विपतलाई जस्ताे सुकै विपत आए पनि सिकाइमा बाधा नपराेस भन्ने हेतुले शाखाले तालिमकाे आयाेजना गरीएकाे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नमराज शाहीले बताउनु भयाे ।
विपदका समयमा सिकाई निरन्तताका लागि सिकाई आपुरण तथा द्रुत सिकाई याेजना (रियल) कार्यन्वयन सम्बन्धि तालिम सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । १६ माघ २०८१, बुधबार १५:३७