पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमलाई एक कार्यक्रमका बिच सम्मान गरिएकाेछ ।
पचालझरना गाउ पालिकाकाे आयाेजनामा सम्मान कार्यक्रम आयाेजना गरीएकाे हाे । महिला सम्बन्धि काम गर्ने सँस्था ” सि लिड्स आईकन” ले देश भरका महिला जनप्रतिनिधि हरुबाट (१४०जना )उत्कृष्ट २७ मा छ्नोट भई चौथो स्थान प्राप्त गर्न सफल हुनुभएको थियाे ।
विकटमा जन्मिएर जनयुद्वकाे सर्घषबाट खारीएर आएकि बमले देश भरका महिला नेतृलाई पछाडि पार्दै स्थान ल्याउन सफल भएकाेमा पचालझना गाउपालिकाले बदाई तथा सम्मान गरेकाे थियाे । कार्यक्रममा बाेल्दै उपाध्यक्ष बमले बिकट तथा दुर्गमका महिलाहरुले अबसर पाएमा हरेक काममा सफलता मिल्ने बताएकि छन ।
उपाध्यक्ष बमलाई गृह पालिकामा सम्मान
तपाईको प्रतिक्रिया

साझा रैबार । १४ माघ २०८१, सोमबार १९:४२