भगिनि सम्बन्ध कायम संगै मित्तेरी पार्क निमार्णका लागि सिलान्यास

हेटाैडा उपमहानगर पालिका र पचालझरना गाउपालिकाले भगिनि सम्बन्ध कायम भए सगै पचालझरना गाउपालिकाले मित्तेरी पार्क निर्माण गर्न थालेकाेछ । बुधबार एक कार्यक्रमका बिच मित्तेरी पार्ककाे पचालझरना गाउपालिका अध्यक्ष देवराज शाही र उपाध्यक्ष अल्किना बमले सिलान्यास गर्नु भएकाे हाे । ९ बुदे समझदारी पत्रमा हस्ताक्षर गरि सम्बन्ध कायम गरिएकाे थियाे ।पचालझरना गाउपालिका, हेटाैडा उपमहानगरपालिका पालिकामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुकाे प्रचार प्रसार गर्ने र स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले सम्बन्ध कायम गरिएकाे थियाे । मित्तेरी पार्क निर्माणले अझै सम्बन्ध प्रगाढ हुनेर पचालझरना घुम्न आउने आन्तरिक तथा बाहिरिय पर्यटकहरुलाई अवलाेकन गर्ने उदेश्यले निमार्ण गर्न लागिएकाे अध्यक्ष शाहीले बताउनु भयाे । पचालझरना गाउपालिकाले दस लाख र हेटाैडा उपमहानगर पालिकाले दस लाख गरि जम्मा बीस लाखमा निमार्ण कार्य सम्पन्न हुने बताईएकाे छ ।

तपाईको प्रतिक्रिया